३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

तस्करीको सातो खादै निरीक्षक बस्नेत १० क्विन्टल बोइलर पक्राउ

Logo
प्रकाशित बुधबार, चैत्र ०५, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँके नेपालगन्ज वडा प्रहरी कार्यालयले १० क्विन्टल अबैध बोइलर कुखुरा बरामद गरेको छ।
वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बस्नेतको कमान्डको टोलीले मंगलबार राती ११ बजे वडा नम्बर २३ बाट १० क्विन्टल बोइलर खुकुरा पक्राउ गरेको छ । वडा प्रहरीको सुचना संकलन टोलीले भारतबाट सुई लगाइएका कुखुराहरु नेपाल ल्याइदै छ भन्ने सुचना दिए पश्चात् प्रहरी निरीक्षक बस्नेत नेतृत्वको टोलीले त्यस स्थानमा गएर कुखुरा बरामद गरेको हो।
प्रहरी टोली पुग्दा खुकुराहरु यत्रतत्र छोडेको अवस्थामा रहेको भएपनि तस्करहरु भागीसकेको वडा प्रहरी निरीक्षक बस्नेतले भने। बोइलर कुखुराहरु धेरै भएकाले अर्को गाडी बोलाएको थियो।नेपालगन्जमा कुखुराहरु हुर्किन समय लाग्ने भएको हुँदा भारतमा सुईको प्रयोग गरि १०-१५ दिन मै बढी बजन गराएर यहाँ ल्याइने गरेको प्रहरी निरीक्षक बस्नेतले बताए।
यसरी आम जनतालाई हानिकारक हुने कुखुरा खुवाएर कसैको स्वास्थ्य माथी खेलवाड हुन नदिने प्रहरी निरीक्षक बस्नेतले बताए।बरामद गरिएका कुखुराहरु क्वारेन्टाइन पठाउन तयारी गरेको बस्नेतले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!