२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको खांग्रामा शसस्त्र प्रहरीको सिमा सुरक्षा बल स्थापना

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

(सागर थापा )सरकारले नेपाल र भारत सिमा क्षेत्रमा थप एक सय १४ ओटा सिमा सुरक्षा बेस वल स्थापना गर्ने निर्णय गरे आनुसार दाङको राजपुर गाउँपालिका ६ खांग्रामा नेपाल सशस्त्र प्रहरीको सिमा सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो ।
सशस्त्र प्रहरी बल ५ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नारयणदत्त पौडेल र एवंम दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालको उपस्थितिमा सिमा सुरक्षा बेस क्याम्पको स्थापना गरिएको हो । उक्त क्याम्पमा सशस्त्र प्रहरी निरिक्षक रुपचन्द्र थापाको नेतृत्वमा ४५ जनाको टोली खटिएको छ ।
कपिलबस्तु र बाँकेको ८३ किलोमिटर दुरी दाङको भूभाग भारत सँग जोडिएको छ । यस अघि गढवा गाउँपालिका ६ कोइलावास र राजपुर गाउँपालिका ७ सुनपाथी नाकामा सशस्त्रको सुरक्षा क्याम्प बसेको थियो । साथै दाङकोे १३ स्थानमा नयाँ सिमा सुरक्षा क्याम्प स्थापनाको प्रस्ताव गरिएको छ ।
जसमध्ये पटौली, गुरुङ, भैसाह,भौवा, सिरिया,भौरीसाल, मुसीनाका,डगमारा नाकामा सशस्त्र प्रहरीको सिमा सुरक्षा क्याम्प स्थापनाको प्रस्ताव गरिएको र आउँदो वर्ष त्यो ठाउँको अध्ययन गरेर थप निर्णयमा पुगिने दाङका प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
नेपाल प्रहरीको सूचि अनुसार नेपाल भारत सिमामा ३५ वटा नाकाहरु रहेका छन् भने अहिले ६ वटा नाकामा नेपाल प्रहरीकामे सुरक्षा दिंदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!