०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

गाउँ घरमा देखिनुपर्ने गाईगुरुहरु नेपालगञ्जको मुख्य बजारमा उपहानगरपालिका मौन

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

महेन्द्र सिंह/बिदुर एमसी
बाँके जिल्लाको नेपालगन्ज बजारमा सामान्यतया गाउँ घरतिर खेतबारीमा खाेला या जङ्गलजस्ता ठाउहरुमा देखिने गाईका बथानहरु शहर बजार क्षेत्रमा खुल्ला छाेड्नु राम्राे हुदैन ।
यस्ता गाईबस्तु जनावरहरुका कारण फ़ोहोर मैला हुनुका साथै दुर्घटना भएर कैयौ जनधनको क्षति समेत हुने गरेका छन् ।
बाँके जिल्लाको नेपालगञ्ज बजारको न्युरोडमा जहिले पनि देखिने यी र यस्ता गाईबस्तुहरु यत्रतत्र हिडिरहेका देखिन्छन् ।
यिनका न मालिक छन्, न ग्वाला गाेठाला । जहिले देख्दा पनि यस्तै छाडा छाेडिएका देखिने यस्ता जन्तुहरुका कारण कैयौंपटक दुर्घटनाहरु भएका स्थानीय वासिन्दाहरुको भनाइ रहेको छ ।
स्थानीय सरोकारवाला उपमहानगरपालिका पनि किन चुपचाप मौन छन् ?
यथा सिघ्र यी चौपाया जन्तु गाईका बथानहरुको उचित व्यवस्थापन हुनुपर्ने कुरामा स्थानीय नागरिकहरुकाे गुनासो छ । नगरपालिकाले बेवास्ता गर्दा नेपाल प्रहरी र ट्राफिक प्रहरीले नगरपालिकाले गर्ने काम पटक पटक गाई गुरु बजारबाट धपाउने गरेको स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाहीको कमाण्डको ट्राफिक प्रहरी टोलीले बाँके नेपालगन्ज राँझा,रत्न राजमार्गमा विशेष चेकजाँच गरेको थियो। १७१ वटा सार्वजनिक सवारी चेकजाँच* गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ र ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारीलाई कारबाही* […]

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]