२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मापसे गरेर प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा आचार्य पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

दाङको तुलसीपुरमा नेपाल प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा दाङको तुलसीपुरमा एक जना पत्रकार पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीका अनुसार पत्रकार आचार्यलाई मापसे गरेर प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनले प्रहरीसंग विवाद गरेका कारण पत्रकार भनिने आचार्यलाई एक दिन थुनेर कारवाही गरिएको जानकारी दिए ।
मापसे गरेर पत्रकार आचार्यले प्रहरीसंग विवाद गरे,विवाद गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर एक दिन हिरासतमा राखेको हो,डिएसपी योगीले भने,– मापसे गरेर प्रहरीसंग विवाद गरेपछि घर जानुहोस भनेर भन्यौ,तर, मलाई पक्राउ गरेर देखाउन भनेर धम्की दिए,त्यसपछि इप्रका तुलसीपुरका प्रवक्ताको नेतृत्वमा खटेको प्रहरी टोलीले पक्राउ गरेर सोमवार नियन्त्रणमा ल्याएको थियो ।
उनलाई मंगलवार बिहान प्रहरीले छाडेको हो । आचार्य यस अगाडि पनि तुल्सीपुरको एक होटलमा मापसे गरेर केही ब्यक्तिसंग झगडा गरेर विवाद गरेपछि तत्कालिन जिल्ला प्रहरी कार्यालय दाङका तत्कालिन एसपी धिरज प्रताप सिँहले झन्डै ४ दिन हिरासतमा नियन्त्रणमा लिएका थिए ।
उनी जिल्ला प्रशासनवाट सो समयमा धरौटी तिरेर छुटेका थिए । मापसे गरेर उनि पटक–पटक विवादमा आएका ब्यक्ति हुन् । आचार्य प्रदेश अनलाइनका सञ्चालक हुन भने जनता टिभि र बुटवल अनलाईनका जिल्ला समाचारदाता हुन । (फरक-कोणबाट साभार)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]