२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

कतारमा नेपाली कामदार पक्राउ १ सय ५० जना नेपाल फिर्ता

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

काठमाडौँ कतारले १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठाएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले भिडभाडमा नजान दिएको निर्देशन पालना नगरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो । पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ बाट काठमाडौं आएका हुन् । कतारले यसअघि २ सय ५० जनालाई डिपोर्ट गरेको थियो । ती नेपाली गत शुक्रबार सनैया क्षेत्रबाट पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]