२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

१ सय ३१ क्यु फिट सालकाे काठ पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

कपिल लामिछाने
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेकाे कात्तिके सामुदायिक रानीवनबाट करिव १३१ क्यु फिट सालका काठ बरामद गरिएकाे छ ।
आज बिहान करिव ६ बजेतिर स्थानियले काठ लैजादै गरेकाे ट्याक्टर हिलाेमा गाडिएकाे देखेपछि वन समितिलाई जानकारी गराएका थिए । खबर पाए सँगै लगत्तै पुगकाे समितिका पदाधिकारीहरुले सव-डिभिजन कार्यालय बिजाैरीलाई खबर गरेकाे थियाे । रा १ त ११७७ नं काे ट्याक्टरबाट ढुवानी गरिदै गरेकाे सालका काठ बरामद भएपछि चाेरी गर्ने गिराेहकाे बारेमा अनुसन्धान हुने र फरार भएकाहरुलाई छिट्टै कानुनी दायरामा लिई वन ऐन अन्तर्गत सजाय हुने बिजाैरी सव-डिभिजन कार्यालयका सहायक वन अधिकृत कमल प्रसाद पुनले जानकारी दिनुभयाे ।
अहिले काठमा टाँचा लगाएर ट्याक्टर र काठ बिजाैरी सव-डिभिजन कार्यालयमा लग्ने र दाेषीकाे पहिचान गरि कार्वाही प्रकृया अघि बढाउने तयारी भएकाे रेन्जर ईश्वरी बहादुर बस्नेतले बताउनु भयाे । ट्याक्टर कसकाे नाममा दर्ता भएकाे भन्ने बारेमा यातायात कार्यालयमा संग समन्वय गरि चाेरी कार्यमा संलग्न भएका ब्यक्तिकाे पहिचान गरिने समेत सहायक वन अधिकृत कमल प्रसाद पुनले बताउनु भयाे ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै देशभरको सुरक्षा संयन्त्र पूर्ण रूपमा ‘हाई अलर्ट’ मा राखिएको छ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो–कोहीलाई कडा रूपमा बल प्रयोग गरेर नियन्त्रणमा लिइने स्पष्ट चेतावनी दिएका छन्। निर्वाचन सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै आईजीपी कार्कीले गृह मन्त्रालयको […]

कर्णाली । सुर्खेत नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो । जहाजमा ५० यात्रु सवार थिए । जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले […]

काठमाडौं । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ। नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार १६५ जना शान्ति सैनिकहरूको अन्तिम टोली आज मिसन इलाकातर्फ प्रस्थान गरेको हो। निर्देशनालयले दिएको जानकारीअनुसार युनाइटेड नेसन्स मिसन इन साउथ सुडानमा तैनाथ चण्डीप्रसाद गण (शान्ति सेना)को एघारौँ डफ्फालाई […]

error: Content is protected !!