२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

वडा नं १८ ले थाल्यो कार्यालयमा साबुन पानीले हाते धुने अभियान

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६


कपिल लामिछाने
बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण बिश्व आक्रान्त बनिरहेको यो परिपेक्षमा नेपालमा कोरोना भाइरस रोकथामका लागी संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुले सम्पुर्ण जनताहरुमा नआत्तिन र यो रोग लाग्न नदिनका लागी बिभिन्न उपायहरु अबलम्बन गर्दै सबै नागरिकहरुलाई सचेत बनाउन बिभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आइरहेका छन् । यसै सन्र्दभमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पनि कार्यालयमा आउने सम्पुर्ण आम सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यालयमा आउनु अघि साबुन पानीले हात धोएर मात्रै कार्यालय भित्र आउनहुनका लागी साबुन पानीले हात धुने अभियानको सुरुवात गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीका अनुसार सम्पुर्ण सेवाग्राही, वडाबासीहरुको स्वास्थ्यमा कुनैपनि किसिमको प्रभाव नपरोस् भनि शुक्रबारबाट कार्यालयको बाहिर ठुलो ड्राममा पानी राखी साबुन पानीले हात धोएर मात्रै कार्यालयमा आउन सबै वडाबासीहरुलाई जानकारी गराएको भन्दै यो अभियानले आम वडाबासीहरुमा केहि भएपनि राहत हुने र रोग लाग्नबाट बचाउन सकिने कुरा उल्लेख गर्नुभयो । साथै यो सेवा नगरस्वास्थ्य केन्द्र हेमन्तपुरमा पनि लागु हुने र यसले आम बिरामीहरुलाई फाईदा पुग्ने नगरस्वास्थ्य केन्द्रका प्रमुख डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!