२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वडा नं १८ ले थाल्यो कार्यालयमा साबुन पानीले हाते धुने अभियान

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

कपिल लामिछाने
बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण बिश्व आक्रान्त बनिरहेको यो परिपेक्षमा नेपालमा कोरोना भाइरस रोकथामका लागी संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुले सम्पुर्ण जनताहरुमा नआत्तिन र यो रोग लाग्न नदिनका लागी बिभिन्न उपायहरु अबलम्बन गर्दै सबै नागरिकहरुलाई सचेत बनाउन बिभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आइरहेका छन् । यसै सन्र्दभमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पनि कार्यालयमा आउने सम्पुर्ण आम सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यालयमा आउनु अघि साबुन पानीले हात धोएर मात्रै कार्यालय भित्र आउनहुनका लागी साबुन पानीले हात धुने अभियानको सुरुवात गरेको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीका अनुसार सम्पुर्ण सेवाग्राही, वडाबासीहरुको स्वास्थ्यमा कुनैपनि किसिमको प्रभाव नपरोस् भनि शुक्रबारबाट कार्यालयको बाहिर ठुलो ड्राममा पानी राखी साबुन पानीले हात धोएर मात्रै कार्यालयमा आउन सबै वडाबासीहरुलाई जानकारी गराएको भन्दै यो अभियानले आम वडाबासीहरुमा केहि भएपनि राहत हुने र रोग लाग्नबाट बचाउन सकिने कुरा उल्लेख गर्नुभयो । साथै यो सेवा नगरस्वास्थ्य केन्द्र हेमन्तपुरमा पनि लागु हुने र यसले आम बिरामीहरुलाई फाईदा पुग्ने नगरस्वास्थ्य केन्द्रका प्रमुख डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!