०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

कोरोनाको कारण मापसे चेकिङ अनिश्चितकालका लागि स्थगित

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

सागर थापा
नेपाल प्रहरीले सवारीसाधनका चालकलाई गर्ने मदिरा पदार्थ सेवनको चेकिङ कोराना भाइरसको कारण अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।
प्रहरीले पहिलाजस्तो मेसिन लगाएर मापसे चेकिङ गर्ने छैन । यद्यपी प्रहरीको आफ्नो चेकिङका लागि भने बस्ने छ । चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुने छ । कोरोना भाइरस फैलन सक्ने डरको कारण मापसे चेकिङ रोकिएको हो ।
प्रहरीले असहज अवस्थामा चालकहरुले यसरी मदिरा पदार्थ सेवन गरेर सवारी नचलाउनेमा सचेतना अपनाउन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!