०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

भाइरल अडियो बनाउनेको खोजीमा नेपाल प्रहरी..

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरल बनेको अडियोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अफवाहपूर्ण अडियो फेसबुक म्यासेन्जर तथा ग्रुपहरुमा भाइरल बनेको जानकारी प्राप्त भएपछि प्रहरीले यसमा संलग्न व्यक्तिहरुको खोजी सुरु गरेको जनाएको छ। यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरि प्रचलित कानुन बमोजिम सजाय हुने प्रहरीले बताएको छ। उक्त अडियो ‘फेक’ रहेकोले भ्रममा नपर्न र आतंकित नहुन पनि प्रहरीले आग्रह गरेको छ। उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको र त्यसमध्ये ६ जनामा पोजेटिभ अर्थात कोरोना संक्रमण रहेको रिपोर्ट आएको दाबी गरिएको छ। प्रहरीले अस्पतालसँग बुझ्दा त्यस्तो कुनै नरहेको प्रस्ट पारेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!