२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

भाइरल अडियो बनाउनेको खोजीमा नेपाल प्रहरी..

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

नेपाल प्रहरीले सामाजिक सञ्जालमा भाइरल बनेको अडियोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त अफवाहपूर्ण अडियो फेसबुक म्यासेन्जर तथा ग्रुपहरुमा भाइरल बनेको जानकारी प्राप्त भएपछि प्रहरीले यसमा संलग्न व्यक्तिहरुको खोजी सुरु गरेको जनाएको छ। यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गरि प्रचलित कानुन बमोजिम सजाय हुने प्रहरीले बताएको छ। उक्त अडियो ‘फेक’ रहेकोले भ्रममा नपर्न र आतंकित नहुन पनि प्रहरीले आग्रह गरेको छ। उक्त अडियोमा नर्भिक अस्पतालमा ९ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको र त्यसमध्ये ६ जनामा पोजेटिभ अर्थात कोरोना संक्रमण रहेको रिपोर्ट आएको दाबी गरिएको छ। प्रहरीले अस्पतालसँग बुझ्दा त्यस्तो कुनै नरहेको प्रस्ट पारेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]