२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङ प्रहरीले जुवा खेलेको अभियोगमा ९ जना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

(एबिसी क्राइम ब्युरो)
दाङ प्रहरीले घोराहीमा जुवा खेलेको अभियोगमा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ सरस्वती टोलस्थित बुढाथोकी समिर होटेलमा शुक्रबार राती कोठा भाडामा लिए जुवा खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
उनीहरुको साथबाट २ लाख ८९ हजार १५ रुपैयाँ नगद समेत बरामद् गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १० का ४३ वर्षीय मलबहादुर डाँगी, ३८ वर्षीय हरिबहादुर विक, ३८ वर्षीय धनबहादुर वली, घोराही उपमहानगरपालिका वडा नं. १८ का २७ वर्षीय प्रेम पुन, २७ वर्षीय आकाश लम्साल, घोराही १० का ४० वर्षीय दोर्णबहादुर महरा, घोराही १४ का ५० वर्षीय गुमानसिंह डाँगी, घोराही १२ का ३१ वर्षीय टपेन्द्र विष्ट र घोराही ११ का ३२ वर्षीय अनिल विक छन् ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए । केहि दिन अघि मात्रै घोराही बजारकै लखन पार्क नजिक रहेको रोल्पाली सृष्टी खाजा घरबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई पक्राउ गरेको थियो । उनीहरुको साथबाट पनि १ लाख ७१ हजार ५८० रुपैँया बरामद गरेको प्रबक्ता डीएसपी खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]