२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मुख्य नाकामा कोरोनाको कडाई नजिकैको चोर बाटोबाट खुल्ला ओहोर दोहोर

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

कोरोना कहर : मुख्य नाकामा कडा जाँच, नजिकैको चोर बाटोबाट खुल्ला ओहोर-दोहोर
नेपाल सरकारले नेपालगन्जको जमुनाह नाकालाई पुर्ण रुपमा बन्द गर्न नसक्दा अहिले चोरबाटो भएर सिमा वारी र पारीबाट ओहोर दोहोर गर्नेको भिड लागेको छ ।
मुख्य नाका जमुनाहमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्थापना गरेको हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको चेकजाँच भएपनि नाकाको नजिकै रहेका पुर्बतिरका बाटो भएर खुल्लमखुल्ला बिना चेकजाँच वारीपारी गर्नेको भिड भने अहिले थेगी नसक्नुको रहेको छ ।
जमुनाह नाकाको पुर्वतर्फ लगभग डेढ किलोमिटरको दुरी भित्र तिनवटा बाटा छन, त्यहाँ सुरक्षाकर्मीको उपस्थिति नहुदा अहिले साइकल, रिक्सा, मोटरसाइकल र पैदल यात्रु खुल्ला रुपमा ओहोर दोहोर गरिरहेका छन । ओहोर दोहोर गर्नेमा प्राय: नेपालगन्जका उद्योग कलकारखानामा काम गर्ने भारतीय सिमाक्षेत्रका मजदुर र सामान क्यारिङ्ग गर्नेहरु रहेको पाइएको छ ।
दुई देशका सुरक्षा अधिकारीद्वारा स्थलगत अनुगमन:
शनिबार बिहान रिपोर्टिङका लागि जमुनाह पुगेका नेपालगन्जका केही संचारकर्मीहरुले त्यहाँको बारेमा नेपालगन्जका सुरक्षा अधिकारीहरुलाई जानकारी गराएपछी नेपाल तथा भारतका सुरक्षा अधिकारीहरुले ती बाटोहरुको स्थल अनुगमन गरेका छन ।
जमुनाह प्रहरी चौकीका ईन्चार्ज माधव रिजाल, शसस्त्र प्रहरी वल राजश्व तथा भन्सार गस्ती नम्बर ४० गुल्मका प्रमुख शसस्त्र प्रहरी नायब उपरीक्षक नबराज बोहरा, भारत लखिमपुरका एसएसबी डिआइजी अभिषेख पाठक, अगैयाका बटालियन कमान्डर एसपी प्रबिण कुमार लगायको टोलीले स्थलगत अनुगमन गरेको हो ।
स्थलगत अनुगमन पश्चात् नेपालका सुरक्षा अधिकारीहरुले अब ती बाटोहरु बन्द गर्नका लागि नेपाली सुरक्षाकर्मी परिचालन गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!