०५ भाद्र २०८२, बिहिबार
21-08-2025 , Thu
×

जमुनाहा नाका बन्दका लागि पहल नेपालगन्ज बजार भोलि देखि बन्द गर्ने निर्णय

Logo
प्रकाशित शनिबार, चैत्र ०८, २०७६

महेन्द्र सिंह
बाँके आइतबार देखि नेपालगन्ज बजार बन्द गरिने भएको छ । त्यसैगरी नेपाल-भारत सिमामा पर्ने नेपालगन्जको जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि पहल गरिने भएको छ ।
शनिबार बाँकेका प्रजिअ कुमारबहादुर खड्काको अध्यक्षतामा बसेको कोरोना भाइरस विरुद्धको जिल्ला स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जानकारी गराइन ।
बैठकमा नेपालगन्ज बजार बन्द गर्ने, ठाउँ ठाउँमा स्थानीय तहका वडा स्तरमा क्वारेन्टाइनको व्यवस्थापन गर्ने, आइशुलेसन वार्डका लागि प्रदेश सरकारले निर्णय गरेको खजुरा क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पताललाई तत्काल व्यवस्थापन गर्ने, संघीय सरकारको निर्णयलाई कडाइका साथ लागू गराउने जस्ता निर्णय भएको उपमेयर थापामगरले जानकारी गराइन ।
जमुनाह नाका पुर्ण रुपमा बन्द गर्नका लागि माथिल्लो निकायमा कुटनैतिक पहल गर्नका लागि अनुरोध गर्ने निर्णय भएको उनले बताइन । संक्रमीत बिरामी तथा स्वास्थ्यकर्मी समेतलाई बस्नका लागि लायन्स डेन्टल अस्पतालमा ४० बेड सहितको आइशुलेसन वार्ड व्यवस्थापनका लागि आजैदेखी काम शुरु गरिएको उनले जानकारी गराइन ।
अत्यावश्यक सामानहरु जस्तै: खाद्यान्न, औषधि, तरकारी, पेट्रोल पम्प लगायत बाहेकका सम्पुर्ण पसल, उद्योग, कलकारखानाहरु बन्द गर्ने र भाटभटेनी सुपरमार्केटबाट पनि खाद्यान्न बाहेकका सम्पुर्ण सेवा बन्द हुने भएको छ । बजार बन्द गराउनका लागि भोलि बिहानदेखी माईकिङ्ग सहितको सुचना जारी गरिने बताइएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!