३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँकेमा अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द गर्ने उ वा संघको निर्णय

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

बाँके नेपालगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यकीय सेवाबाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । संघको आईतवार बसेको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यकीय बस्तु तथा सेवाको कामबाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको निर्देशन अनुसार, उद्योगी, व्यवसायीले अर्को निर्णय नहुँदासम्म चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी बिश्वभर फैलिएको कोरोना संक्रमणबिरुद्धको अभियानमा साथ र सहयोग गरिदिनु हुन अपील गर्ने निर्णय गरेको हो ।
संघले अध्यक्षको संयोजकत्वमा पदाधिकारी र प्रवक्ता सहित रहने गरी बिपतकालिन राहात कोष परिचालन समितिलाई प्रभावकारी बनाउन कार्यान्वयन परिचालन समिति गठन गर्ने र उक्त राहत कोषमा आर्थिक सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपील गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!