२५ साउन २०८२, आइतबार
10-08-2025 , Sun
×

बाँकेमा अत्यावश्यक बाहेकका सबै पसलहरु बन्द गर्ने उ वा संघको निर्णय

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

बाँके नेपालगञ्ज उद्योग वाणिज्य संघले अत्यावश्यकीय सेवाबाहेक अन्य पसल तथा व्यवसाय बन्द गर्न अपील गरेको छ । संघको आईतवार बसेको आकस्मिक बैठकले नेपाल सरकारको निर्देशन अनुसार अत्यावश्यकीय बस्तु तथा सेवाको कामबाहेकका सम्पूर्ण क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।
अध्यक्ष अब्दुल वाहिद मन्सुरी अध्यक्षतामा बसेको बैठकले सरकारले गरेको निर्देशन अनुसार, उद्योगी, व्यवसायीले अर्को निर्णय नहुँदासम्म चैत २१ गतेसम्म आफ्नो व्यापार व्यवसाय बन्द गरी बिश्वभर फैलिएको कोरोना संक्रमणबिरुद्धको अभियानमा साथ र सहयोग गरिदिनु हुन अपील गर्ने निर्णय गरेको हो ।
संघले अध्यक्षको संयोजकत्वमा पदाधिकारी र प्रवक्ता सहित रहने गरी बिपतकालिन राहात कोष परिचालन समितिलाई प्रभावकारी बनाउन कार्यान्वयन परिचालन समिति गठन गर्ने र उक्त राहत कोषमा आर्थिक सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीलाई अपील गर्ने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ईजरायल । मध्य गाजाको सहायता केन्द्र नजिकै भेला भएका सर्वसाधारणलाई लक्षित गरी इजरायली सेनाले आक्रमण गरे पछि कम्तीमा छ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बासलाई उदृत गर्दै एएफपीले जनाएको छ। उहाँले इजरायलले मध्य गाजाका क्षेत्रहरूमा पनि आक्रमण गर्दा कयौँको ज्यान गएको बताएका छन्। अमेरिका र इजरायल समर्थित गाजा […]

कैलाली । राष्ट्रिय मानव अधिकार आयोगले कैलालीमा कैदीहरुबीच झडप भएपछि जिल्ला कारागार प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको छ। सुदूरपश्चिम प्रदेशस्थित राष्ट्रिय मानव अधिकार आयोग, धनगढी कार्यालयले आज जिल्ला कारागारलाई पत्र पठाउँदै प्रशासनलाई १५ दिनभित्र स्पष्ट विवरण पेस गर्न निर्देशन दिएको हो। साथै, कैदीबन्दीको अधिकारको संरक्षण, व्यवस्थापन सुधार र आन्तरिक सुरक्षाका लागि […]

  इजरायल । गाजा सिभिल डिफेन्सकाअनुसार दक्षिणी गाजामा, खान युनिसमा विस्थापित व्यक्तिहरूको बसोवास गर्ने पाल र भेलाहरूलाई लक्षित गरेर इजरायली हवाई आक्रमण भएको थियो । जसमा एक बच्चासहित नौ जनाको मृत्यु भएको नागरिक रक्षाका प्रवक्ता महमूद बसालले बताए। बसालले उत्तरी शेख रदवान छिमेकमा रहेको आवासीय अपार्टमेन्टमा इजरायली हवाई आक्रमणका कारण गाजा शहरमा तीन जनाको मृत्यु […]

error: Content is protected !!