०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

बाँकेको लायान्स डेन्टल अस्पतालमा ४० बेडको आईसोलेसन

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

बाँके विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बढ्न नदिन नेपालगन्जमा ४० बेडको आईसोलेसन तयार पारिएको छ ।
लायन्स डेन्टल अस्पताल खजुरारोडको माथिल्लो तलमा ३–३ फिटमा बेड राखेर आईसोलेसन अस्पताल तयार पारिएको हो ।
लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का संस्थापक डिस्टिक गभर्नर सेम शाक्यले कोरोना भईरसको संक्रमण फैलिन नदिनको लागि आफुहरुको पहलमा लायन्स डेन्टल अस्पतालमा ४० बेडको आईसोलेसन तयार पारिएको जानकारी दिए ।
नेपालगन्जको भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुर अस्पतालमा ६–६ वटा बेडका दरले आईसोलेसन बेड तयार पारिएको भए पनि एकै पटक ठाँउमा ४० बेडसम्मको अईसोलेशन तयार गरीएको हो ।
लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५–२ का पूर्व डिस्टिक गभर्नर मधुसुदन शर्माले नेपालगन्ज क्षेत्रमा क्रियाशिल रहेका लायन्स क्लवहरु सचेतनाको लागि विभिन्न खालका गतिविधि सञ्चालन गरिने जानकारी दिए ।
उनले कोरोनाको संक्रमणबाट जोगाउनको लागि लायन्सहरुको सक्रियतामा सीमा क्षेत्रमा हात धुने पानीको लागि ५ सय लिटरको टंकी, मोटर र पाईप उपलब्ध गराईएको तथा बाँके बर्दियामा रहेका २२ बढी क्लवले प्रति क्लवबाट पाँचसय मास्क तथा सचेतनामुलक पम्पलेट बोकेर जनस्तरमा पुग्ने तयारी गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!