२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

एक दिनमा २ लाख २२ हजारले काठमाडौं छोडे

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

सरकारले कोभिड १९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै आइतबार मात्रै दुई लाख २२ हजारले काठमाडौँ उपत्यका छाडेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज ३३ हजार ८६२ सवारी साधनमा दुई लाख २२ हजार ४०७ यात्रु बाहिरिएका हुन्। यहाँ १३ हजार ७७४ गाडीमा ३६ हजार ३४२ यात्रु भित्रिएको महाशाखाले जनाएको छ। चैत ६ गतेपछि चार दिनको अवधिमा राजधानी छाड्ने यात्रुको सङ्ख्या भने छ लाख ६८ हजार २६ पुगेको छ। शनिबार दुई लाख ६ हजार यात्रुले र शुक्रबार एक लाख ३० हजारले राजधानी छाडेका थिए। राजधानी भित्रिने क्रम क्रमशः घट्दै गएको छ भने बाहिरिने क्रम बढ्दो रहेको महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो। सरकारले यही चैत ५ गते कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन माध्यमिक शिक्षा परीक्षा (एसइई) अनिश्चितकालका लागि स्थगन गरिसकेको छ भने आवश्यक सावधानी अपनाउँदै सबै शैक्षिक संस्थासमेत बन्द गरेको थियो । त्यसपछि राजधानी छाड्ने क्रम ह्वात्तै बढेको हो। कोभिड–१९ भित्रिन नदिन उच्च सतर्कता अपनाउँदै मुलुकमा आजदेखि चैत २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरिएको छ। यस्तै आज रातिदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म अन्तरराष्ट्रिय हवाई यातायात सञ्चालनमा सरकारले रोक लगाएको छ। बसपार्क तथा टिकट काउन्टरलगायत विभिन्न चोकमा अझै पनि मानिसको भिडभाड भने कायमै छ। प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सम्भावित भिडभाड रोक्न प्रहरी टोली थप परिचालन गरिएको जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]