२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

प्रदेश नम्बर २ को सरकारी कार्यालयहरु बन्द

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६


विश्वव्यापीरूपमा देखिएको कोभिड–१९ को सङ्क्रमणबाट बच्न प्रदेश नं २ का अधिकांश सरकारी कार्यालयहरु आजदेखि चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ । भारतको विहार राज्यमा कोराना सङ्क्रमणबाट एकजनाको मृत्यु भएपछि प्रदेश २ का स्थानीयवासी त्रसित भएका बेला नेपालमा सम्भावित सङ्क्रमणको अवस्थालाई न्यूनीकरण गर्न चैत ९ देखि २१ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको हो । प्रदेश २ का सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले सूचना टाँस गरी सरकारी कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ । नेपाल सरकारको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिकरूपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरूपमा जोडिएका सम्पूर्ण कार्य तत्कालका लागि बन्द गरिएको कार्यालयमा सूचना टाँस गरी जनाइएको छ । प्रहरी कार्यालय, स्वास्थ्य निर्देशनालय, अस्पताल जस्ता अत्यावश्यक कार्यालयहरू भने खुला छन् । धनुषाका प्रजिअ कोषहरि निरौलाले अत्यावश्यक सेवाबाहेक सबै कार्य प्रवाह चैत २१ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिनुभयो । त्यस्तै महोत्तरीको जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा, ठाडो उजुरी र मुद्दासम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरी कैदबाट छाड्ने निवेदनहरुमा सुनुवाइबाहेकका कार्यालयबाट दिने सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको विज्ञप्तिमा भनिएको छ । यसैगरी कोरोनाको सङ्क्रमणबाट जोगिन प्रदेश नं २ मै पहिलोपटक कटहरिया नगरपालिकाले हाटबजार नलगाउन आह्वान गरेको छ । भाइरसबाट जोगिन २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा नहुन सरकारले गरेको आह्वानलाई पालना गर्दै नगरप्रमुख सियाराम कुशवाहाले हाटबजार नलगाउन आग्रह गर्नुभएको हो । प्रमुख कुशवाहाले माइकिङ र स्थानीय रेडियोमार्फत सूचना प्रवाह गरी नगरक्षेत्रअन्तर्गतको सबै बजार नलगाउन अनुरोध गर्नुभयो । यस्तै धनुषाको शहीद नगरपालिकाले समेत जनचेतनाका लागि माइकिङ र विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको नगरपालिकाका प्रमुख उदय बरबरियाले बताउनुभयो । कोरोनाको त्रास बढेसँगै बर्दिवास उद्योग वाणिज्य सङ्घ बदिवासले चैत ९ गतेदेखि बर्दिवास बजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको सन्त्राससँगै महोत्तरीको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको बर्दिवास बजार सुनसान देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन अतिआवश्यक सेवाबाहेक सबै उद्योग तथा कलकारखाना बन्द गर्ने निर्णय गरेको हो । सङ्घले चैत ९ देखि २१ गतेसम्म कोरोना भाइरसको सङ्क्रमणविरुद्ध सावधानी अपनाउन बजार बन्द गर्न व्यवसायीलाई अपिल गरेको हो । बर्दिवास उद्योग वाणिज्य सङ्घका महासचिव भवनाथ खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा खाद्यान्न चामल, दाल, तेल, नुन जस्ता दैनिक उपभोग्य वस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने जनाइएको छ । “अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसाय बन्द गरी कोरोना भाइरस फैलिन नदिन सबै व्यापारी तथा नागरिकमा सरकारका निर्णय कार्यान्वयन गरी सुरक्षित बस्न अनुरोध गर्दछु”, बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिवासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले बताउनुभयो । सङ्घले विपत्को समयमा व्यवसायी उद्योगीलाई आर्थिक मार पर्ने भएको भन्दै घरधनीहरुलाई घरभाडा छुट दिनसमेत आग्रह गरेको छ । त्यस्तै सङ्घले व्यवसायीहरुको बैंक तथा वित्तीय संस्थाको ब्याज, बिजुली पानीको महसुल, कर, भ्याटमा छुट गर्नसमेत सरकारसँग अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!