२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बाँकेको जमुनहा नाकामा अलपत्र परेका हजारौं नागरिकहरुको उद्दार

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६


(महेन्द्र सिंह)
बाँके नेपाल भारत सिमानाकामा पर्ने जमुनाहामा नेपाली नागरिक र भारतिय नागरिकलाई उद्दार गरिएको छ ।
नेपाल भारत सिमानाकामा अलपत्र परेका नेपाली नागरिक र भारतिय नागरिकलाई उद्दार गरिएको हो । भारतको रुपैडिहा नाकामा नेपाली नागरिक र नेपालगन्ज भन्सार नाकामा भारतिय नागरिक विहानदेखि अलपत्रमा परेका थिए । अलपत्रमा परेका नेपाली र भारतिय नागरिकलाई उद्दार गरि क्वारेन्टाइनमा राखिएको छ । सिमा नाका बन्द भएपछि नेपालगन्ज पुगेका करिब १ हजार बढि नेपाली नागरीकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले उद्धार गरिएको छ ।
भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्किएका उनिहरुलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पु¥र्याईएको छ । केही घण्टा क्याम्पस परिसरमै आराम गरेपछि हरेकलाई उनिहरुको गृह जिल्लासम्म पु¥याउने ब्यवस्था मिलाईने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले जानकारी गराउनुभयो । नेपालगन्जमा यति धेरै नागरिकलाई बस्न र व्यवस्थापन गर्न गाहे हुने भएको हुनाले यसलाई हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग सम्मन्वय गरि व्यवस्थापन गरिने प्रजिअ खड्काले जानकारी गराउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पु¥याउने निर्णय भएसँगै उनिहरुको स्वास्थ्य परिक्षण गरी उपमहानगरको नगर बसद्धारा महेन्द्र क्याम्पस परिसरमा राखिएको छ । महेन्द्र क्याम्पस लग्नुअघि जमुनाह नाकामै सबैको स्वास्थ्य परिक्षण गरीएको थियो ।
भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएका उनिहरुलाई भारतीय प्रहरीले नेपालगन्ज नाकामा ल्याए छाडिदिएको थियो । भारतमा जनता कर्फ्यु लागेको भएपनि भारतीय प्रहरीले आफुहरुलाई सुरक्षित रुपमा नेपालगन्ज नाकासम्म पु¥याईदिएको उनिहरुले बताएका छन् ।
सोमबार बिहान २ बजे दशगजा क्षेत्रमा पुगेका एक हजार बढि नेपाली नागरीकहरुलाई जमुनाहा प्रहरीले चाउचाउ र पानी उपलब्ध गराएको थियो ।
बहराइच जिल्ला र बाँके जिल्लाका सुरक्षा अधिकारीहरुको आइतवार बिहान गरेको सहमति अनुसार आइतवार बिहानैदेखी जमुनाह नाका ठप्प गरिएको थियो । आइतवार र सोमवार गरि जम्मा भएका नेपाली र भारतिय नागरिक सिमानाकामा अलपत्र परेपछि उनिहरुको उद्दार गरि क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका नेपाली नागरिकलाई सम्बन्धि जिल्लाको क्वारेन्टाइनमा १४ दिन राखि उनिहरुको परिक्षण पश्चात घरमा पठाउने बाँकेका प्रजिअ खड्काले अनुरोध गर्ने जानकारी गराउनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!