२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेको जमुनहा नाकामा अलपत्र परेका हजारौं नागरिकहरुको उद्दार

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

(महेन्द्र सिंह)
बाँके नेपाल भारत सिमानाकामा पर्ने जमुनाहामा नेपाली नागरिक र भारतिय नागरिकलाई उद्दार गरिएको छ ।
नेपाल भारत सिमानाकामा अलपत्र परेका नेपाली नागरिक र भारतिय नागरिकलाई उद्दार गरिएको हो । भारतको रुपैडिहा नाकामा नेपाली नागरिक र नेपालगन्ज भन्सार नाकामा भारतिय नागरिक विहानदेखि अलपत्रमा परेका थिए । अलपत्रमा परेका नेपाली र भारतिय नागरिकलाई उद्दार गरि क्वारेन्टाइनमा राखिएको छ । सिमा नाका बन्द भएपछि नेपालगन्ज पुगेका करिब १ हजार बढि नेपाली नागरीकहरुलाई नेपालगन्ज उपमहानगरपालिकाले उद्धार गरिएको छ ।
भारतमा ज्याला मजदुरी गरेर नेपाल फर्किएका उनिहरुलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस पु¥र्याईएको छ । केही घण्टा क्याम्पस परिसरमै आराम गरेपछि हरेकलाई उनिहरुको गृह जिल्लासम्म पु¥याउने ब्यवस्था मिलाईने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले जानकारी गराउनुभयो । नेपालगन्जमा यति धेरै नागरिकलाई बस्न र व्यवस्थापन गर्न गाहे हुने भएको हुनाले यसलाई हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग सम्मन्वय गरि व्यवस्थापन गरिने प्रजिअ खड्काले जानकारी गराउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले गाडीको ब्यवस्था मिलाएर सबैलाई जिल्लागत रुपमा सुरक्षित घर पु¥याउने निर्णय भएसँगै उनिहरुको स्वास्थ्य परिक्षण गरी उपमहानगरको नगर बसद्धारा महेन्द्र क्याम्पस परिसरमा राखिएको छ । महेन्द्र क्याम्पस लग्नुअघि जमुनाह नाकामै सबैको स्वास्थ्य परिक्षण गरीएको थियो ।
भारतको विभिन्न क्षेत्रमा काम गरेर फर्किएका उनिहरुलाई भारतीय प्रहरीले नेपालगन्ज नाकामा ल्याए छाडिदिएको थियो । भारतमा जनता कर्फ्यु लागेको भएपनि भारतीय प्रहरीले आफुहरुलाई सुरक्षित रुपमा नेपालगन्ज नाकासम्म पु¥याईदिएको उनिहरुले बताएका छन् ।
सोमबार बिहान २ बजे दशगजा क्षेत्रमा पुगेका एक हजार बढि नेपाली नागरीकहरुलाई जमुनाहा प्रहरीले चाउचाउ र पानी उपलब्ध गराएको थियो ।
बहराइच जिल्ला र बाँके जिल्लाका सुरक्षा अधिकारीहरुको आइतवार बिहान गरेको सहमति अनुसार आइतवार बिहानैदेखी जमुनाह नाका ठप्प गरिएको थियो । आइतवार र सोमवार गरि जम्मा भएका नेपाली र भारतिय नागरिक सिमानाकामा अलपत्र परेपछि उनिहरुको उद्दार गरि क्वारेन्टाइनमा राखिएको छ । भारतबाट आएका नेपाली नागरिकलाई सम्बन्धि जिल्लाको क्वारेन्टाइनमा १४ दिन राखि उनिहरुको परिक्षण पश्चात घरमा पठाउने बाँकेका प्रजिअ खड्काले अनुरोध गर्ने जानकारी गराउनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!