२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेकपा विप्लव समूहले बन्द गर्यो सम्पुर्ण संघर्षका कार्यक्रमहरु

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

विप्लव नेतृत्वको नेकपाले सरकारी दमनको प्रतिरोध कारबाहीबाहेक अन्य आक्रामक कारबाहीहरू बन्द गरिएको जनाएको छ। नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले तत्काल पार्टी कार्यकर्ता र जनसेनाहरूलाई आफू सचेत बन्दै आमजनतालाई कोरोनाविरुद्ध जागरुक हुन निर्देशन पनि गरेका छन्। महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कोरोना भाइरसले विश्वमानव समुदायलाई ठूलो क्षति पुर्याएको छ। हालसम्म नेपाली जनतालाई क्षति नपुर्याउनु खुसीको कुरा हो। तर,जोखिम कायमै छ। यस्तो जोखिमको परिस्थितिमा सारा देश एकताबद्ध भएर आफ्नो काममा लाग्नुपरेको छ।’ ज्ञिप्तिमा अगाडि भनिएको छ, ‘हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी कोरोना सङ्क्रमणका विरुद्ध आमनागरिकलाई सचेत रहन आग्रह गर्दछ। यो बेला देशका सबै चिकित्सक एवम् स्वास्थ्य–कार्यकर्ताहरूलाई जनताको सेवामा लाग्न अनुरोध गर्दछ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!