२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सरकारले नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

मुलुकको आन्तरिक उडानमा रहेका वायुसेवा प्रदायक कम्पनीको हवाई सेवा सामान्य अवस्थामा रहेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले गएरातिदेखि नौ दिनसम्मका लागि नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको थियो । अन्तरराष्ट्रिय उडान बन्द रहे पनि आन्तरिक उडान सामान्य अवस्थामा सञ्चालन भइरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अन्तरराष्ट्रिय उडान स्थगन गरिए पनि आन्तरिक उडान भने यथावत् रहने बताउनुभएको थियो । निजी क्षेत्रका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सको आन्तरिक उडान सामान्य अवस्थामा भइरहेको छ । आन्तरिक उडान नियमित भइरहे पनि एकतर्फी यात्रुको सङ्ख्या कम रहेकाले केही उडान घटाइएको बुद्ध एयरले जनाएको छ । श्री एयरलाइन्सले पनि काठमाडौँबाट बाहिरिने गन्तव्यको अकुपेन्सी राम्रो भए पनि काठमाडौँ फर्कने यात्रु कम सङ्ख्यामा रहेको जनाएको छ । यती एयरलाइन्सको संस्थागत शाखाले पनि आन्तरिक उडान नियमित भइरहेको र पहिलाको तुलनामा यात्रुको चाप कम रहेको जनाएको छ । यता हेलिकप्टर कम्पनीको उडान भने प्रायः ठप्प रहेको छ । दस कम्पनीमध्ये आज जम्मा दुई वटाले मात्र उडान भरेको वायुसेवा सञ्चलक सङ्घले जनाएको छ । आन्तरिक उडानको जहाजमा पनि एकतर्फी कम सङ्ख्यामा मात्रै यात्रु रहेको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिनुभयो । उहाँले अत्यावश्यक बाहेकका हवाई सेवा बन्द गर्ने विषयमा आज प्राधिकरणका पदाधिकारीसँग छलफल गरेर निर्णय लिइने बताउनुभयो । चार अन्तरराष्ट्रिय उडान कोभिडको सङ्क्रमणलाई ध्यानमा राखी अन्तरराष्ट्रिय उडान बन्द गरिए पनि आज चार वटा अन्तरराष्ट्रिय उडान भएका छन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार कतार एयरवेजको दुई, इत्तिहाद एयरको एक र कोरियन एयरको एक गरी चार वटा विशेष परिस्थितिमा अनुमति लिएर गरिने उडान ‘पोजिसन फ्लाइट’ भएका छन् । यस्तो उडानमा सम्बन्धित गन्तव्यबाट काठमाडौँ विमानस्थलमा आउने जहाजमा शुन्य यात्रु हुनुपर्छ । काठमाडौँबाट भने आवश्यक यात्रु जहाजले लैजान पाउछन् । पोजिसन उडानका लागि सम्बन्धित वायुसेवा प्रदायक कम्पनीले प्राधिकरणसँग अनुमति लिनुपर्ने हुन्छ । यो उडान नियमित ‘सेडुअल’ उडान नै हुने प्राधिकरणले जनाएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारको निर्णयबमोजिम अन्तरराष्ट्रिय उडान चैत ९ को राति २३ः५९ बजेदेखि चैत १८ सम्म सोही समयावधिका लागि स्थगन गरेको थियो । अन्तरराष्ट्रियतर्फ जाने यात्रु, एयर एम्बुलेन्स, कार्गो उडान तथा अत्यावश्यक उडान भने यथावत् रहनेछन् । अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायु सेवा कम्पनी र अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]