२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कर्फ्युको बेला जरुरी कामपरे प्रहरीलाई सूचना दिनुहोस DSP:चन्द

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

(एबिसी क्राइम ब्युरो)
इलाका प्रहरी कार्यालय, काेहलपुरका प्रहरी प्रमुख डिएसपि कुलदिप चन्दले जनता कर्फ्युकाे समयमा अति आवश्यक काम परेर घरबाट बाहिर निस्कनै पर्ने भएमा प्रहरीकाे सहयाेग लिन आग्रह गरेका छन।
याे समयमा जनता अाफै सचेत भएर सरकारकाे अपिललाई हुवहु पालन गर्न पनि डि एस पि चन्दले अनुराेध गरे। काेहलपुर प्रहरीले कसैलाई पनि घरबाट बाहिर निस्कन नदिने बताउदै डि एस पि चन्दले याे कार्यमा सबैले सहयाेग गर्नुपर्ने बताए। कर्फ्यु अाफैमा कष्टकर भए पनि अहिलेकाे परिस्थितिमा काेराेना भाइरसकाे जाेखिम कम गर्न अति जरुरी रहेकाे उनकाे भनाई थियाे। इमरजेन्सी सवारीसाधान बाहेक कुनैपनि किसिमको सवारी साधान जनता कफ्यु काे समयमा चलाउन नपाइने डि एस पि चन्दले बताए
काेराेना भाइरसकाे जाेखिम बढेकाे जिल्ला प्रशासन कार्यालय बाँकेले सोमवार १२ बजे रातीदेखी जनता कर्फ्यु लगाउने निर्णय गरेसगै काेहीपनि अाफुखुसी घरबाट बाहिर निस्कन नपाइने भएकाे हाे। लकडाउनलाई अवेज्ञा गर्दै स्थानियहरु बाहिर निस्कीएपछि प्रशासनले जनता कर्फ्यु लगाउने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!