२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङमा जनता कर्फ्युको उल्लंघन ३ सय ५० सवारीसधान प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

(सागर थापा)
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार जनता कर्फ्युको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक-डाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, टिपर १० वटा, अटो १० वटा, टेक्टर सात वटा र एउटा बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन्।
कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको लक-डाउनमा अटेर गरी चलेका सवारीसाधनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी खड्काले बताए। उनका अनुसार सबैभन्दा धेरै सवारीसाधन तुलसीपुरमा पक्राउ परेका छन्। तुलसीपुरमा इलाका प्रशासन कार्यालयले एक सय ८७ वटा सवारीसाधन पक्राउ गरेको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय दाङले २४ वटा, जिल्ला ट्राफिक प्रहरी कार्यालयले ३२ वटा, वडा प्रहरी कार्यालय लमहीले ४८ वटा, इलाका प्रहरी कार्यालय नारायणपुरले २१ वटा, वडा प्रहरी कार्यालय घोराहीले १८ वटा, इलाका प्रहरी कार्यालय भालुबाङले १२ वटा, प्रहरी चौकी दुईखोलीले ५ र कमिरेचोरले ३ वटा सवारीसाधन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
जिल्लामा एम्बुलेन्स, पानी, फोहोर बोक्ने सवारीसाधन सञ्चालनसँगै औषधी, डेरी, खाद्यन्नलगायतका पसलहरू खुला रहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!