०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

जनता कर्फ्युलाई कार्यान्वयन गर्न सेना परिचालन

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

जनकपुर सरकारले घोषणा गरेको लकडाउन उलंघन भएपछि सप्तरीका विभिन्न ठाउँमा सेना परिचालन गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीले नसकेपछि सप्तरीमा सहयोगका लागि नेपाली सेनालाई सडकमा उतार्नुपरेको हो। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा अघिपछिको भन्दा भीड कम भए पनि सर्वसाधारण घरबाट बाहिर आउन छाडेका छैनन्। फाटफुट पसलहरु पनि सञ्चालनमै छन्। मुख्य सडकदेखि अन्य बजार क्षेत्र भएर मान्छेहरु आवत–जावत गरिरहेका छन्। त्यस्तै, सिरहाको लाहानमा गुद्री हटिया बन्द गर्न नमान्दा प्रहरी परिचालन गरेर बन्द गराइएको छ भने सप्तरी सदरमुकाम राजविराजसहितका ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रहरीको संख्या अपुग भएको भन्दै सेनालाई पनि खटाइएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ। संक्रमणबाट बच्न घरबाहिर ननिस्किन गरेको आग्रह अटेरी गरिरहे प्रदेश २ मा कर्फ्यू नै लगाउने मनस्थितिमा स्थानीय प्रशासन पुगेको छ। बिहानैदेखि सरकारको निर्णयको उल्लंघन भइरहेको भन्दै प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रधुम्न कार्कीले यस्तै अवस्था रहे कर्फ्यू लगाउनुपर्ने पनि हुनसक्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

दाङ । घोराही मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालय काठमाण्डौको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको आतिथ्यता एवं मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालयका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत समेतमा […]

आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मेष : दिन राम्रो छ। काममा उत्साह बढ्ने छ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। […]

error: Content is protected !!