२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जनता कर्फ्यु उलंघन गरे प्रहरीले पैदल यात्रीलाई पक्राउ गर्ने

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

(सागर थापा)
जिल्ला प्रहरी कार्यालय दाङले जनता कर्फ्युकाे दोस्रो दिन सडकमा आउने पैदल यात्रीलाई पनि पक्राउ गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गरि सडकमा आउने नागरिकलाई प्रकाउ गर्ने जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जनता कर्फ्युको पहिलो दिन मंगलबार जिल्लाका विभिन्न स्थानहरुमा नागरिक सडकमा देखिएको भन्दै दोस्रो दिन बुधबार पनि अटेरी गरि सडकमा आउने नागरिकलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारवार्ही गरिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल एवंम जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले लगाएत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सडकमा खटेर
जनता कर्फ्युको पहिलो दिन सडकमा चल्ने सवारी साधनसङ्गै नागरिकलाई पनि सचेत गराएका छन । दाङ प्रशासनले दोस्रो दिन अत्यावश्यक काम बाहेक सडकमा आउने जो कोहीलाई पनि कार्वाही गर्ने बताएको छ ।
कानुनी व्यवस्था अनुसार प्रहरीले जनता कर्फ्यु उलंघन र अटेरी गर्ने नागरिकलाई १०० रुपैयाँ जरिवाना वा एक महिना कैद वा दुबै सजाय गर्न सक्छ ।
कोरोना भाइरसको संभावित जोखिमबाट बच्नका लागि सरकारले गरेको जनता कर्फ्युलाई पालना गर्न समेत सवै नागरिकलाई आग्रह गरेको छ।
तेस्तै उनले जनता कर्फ्युको समयमा सवारीसाधन पनि नचलाउन आग्रह गरेका छन् ।
पहिले दिन सवारीसाधनलाई नियन्त्रणमा लिएर चालकहरुलाई पुन गल्ती नदोह्राउन सचेत गराएको भन्दै दोस्रो सवारीसाधन चलाउनेलाई कानुन अनुसार कारवार्ही गर्ने चेतावनी दिएका छन ।
जनता कर्फ्युमा पत्रकार एम्बुलेन्स, पानी, दुध, ग्यास, तेल लगायत बोक्ने सवारीसाधनलाई भने निर्वाध रुपमा चल्न दिने बताएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!