१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सरकारले देशभर लगाएको जनता कर्फ्युको नागरिकहरुको सर्मथन

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

दाङमा कोरोना रोकथामका लागि सरकारले आब्हान गरेको देशभर जनता कर्फ्युको आज दोस्रो दिनमा पनि नागरिकले समर्थन गरेका छन् । दाङमा पहिलो दिनको तुलनामा आज दोस्रो दिनमा जनता कर्फ्युको प्रभाव परेको छ ।
बुधबार बिहानैदेखि दाङमा अत्यवश्यक सवारी साधनबाहेक अरु सवारी साधन संचालनमा आएका छैनन् । नागरिकहरु पनि घरबाहिर निस्केका छैनन् ।
सुरक्षा निकाय पत्रकार एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चलेका छन् । यो निर्णय आउँदो चैत १८ गतेसम्म लागु हुने भनिएपनि लम्बिन सक्ने सरकारले जनाएको छ ।
यसैबिच दाङमा जिल्ला प्रशासनले खाद्यान्न खरिद गर्ने समय विहान ६ देखी ९ बजे सम्म तोके अनुसार आज बिहान तीन घण्टा खाद्यान्न तथा अत्यावश्यक पस खुल्ला रहेका थिए । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा बिहान ६ देखी ९ बजेसम्म तीन घण्टाको समयमा खाद्यान्न खरिदको समय तोकेको उल्लेख छ । यसैबीच सरकारले परिस्थिति अनुसार जनता कर्फ्यु लम्बिन सक्ने दाङ प्रशासनले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

दाङ । भालुवाङ राप्ती गाउँपालिकाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चलाएको कार्यक्रममा एउटा स्नेहपुर्ण दृश्यले सबैको मन छोएको छ। स्कुले बालिका र गाउँपालिका अध्यक्ष प्रकाश बिष्टबीचको आत्मीयता। औपचारिक भाषणभन्दा पनि त्यो स्नेहले देखाइदियो – बालबालिकाले खोजेको भनेको पाठ्यपुस्तक मात्र होइन, स्नेहपुर्ण अभिभावकत्व पनि हो। पढाइमा मात्र होइन, आत्मविश्वास, नेतृत्व र सीप बढाउने अभ्यास जनप्रतिनिधि भनेको […]

कैलाली । अत्तरियास्थित एक होटलमा प्रहरीले छापा मारेर *१९ जनालाई नियन्त्रणमा* लिएको खबर आएको छ। पक्राउ पर्नेमा यौन धन्दामा संलग्न जोडीहरू पनि रहेको प्रहरीको भनाइ छ। 1. *स्थान*: अत्तरिया क्षेत्रको होटल 2. *पक्राउ संख्या*: १९ जना 3. *आरोप*: यौन धन्दामा संलग्नता 4. *कारबाही*: प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । नेपालको मुलुकी अपराध संहिता २०७४ […]

error: Content is protected !!