२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

काठमाडौंमाको होस्टलहरु सुनसान खाली भएका छन

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

सरकारले शारीरिक दूरीमा बस्न नसकिने भन्दै नेपाल होस्टल एशाेसिएसनले होस्टल बन्द गर्ने निर्णय गरेको छ।
एशाेसिएसनले विज्ञप्ति जारी गर्दै ९ गतेबाट चैत मसान्तसम्म सबै होस्टल बन्द गर्न आह्वान गरेको थियो। उपत्यकाका करीब ९० प्रतिशत होस्टल बन्द भएको एशाेसिएसनका अध्यक्ष भक्ति पाठक बताउँछन्।
पाठक भन्छन्, “होस्टलमा कोठा सेयर गरेर बस्नुपर्ने भएकाले संक्रमण फैलने जोखिम हुन्छ। त्यसैले बन्द गर्ने निर्णय गरेका हौँ।”
होस्टलमा बस्नेमध्ये ९९ प्रतिशत विद्यार्थी भएको उनी बताउँछन्। बन्द गर्ने निर्णयसँगै धेरै जना घर गइसकेको होस्टल संचालकहरु बताउँछन्। कामकाजी भने होस्टलमा नै छन्।
अनामनगरस्थित कालिन्चोक गल्र्स होस्टेल संचालक भीष्मा अधिकारीले त्यहाँ बस्ने अधिकांश घर गएको बताइन्। उनी भन्छिन्, “धेरै कामकाजीहरु हुनुहुन्थ्यो। कार्यलय विदा भएपछि लकडाउन हुनुअघि आइतबार र सोमबार नै घर जानुभयो।”
३५ जना क्षमता रहेको उक्त होस्टलमा अहिले नौ जना मात्रै छन्। उनीहरुले कोठाबाटै कार्यालयको काम गरिरहेको अधिकारी बताउँछिन्। आफूले पनि अत्यावश्यक कामबाहेक बाहिर नजान सचेत गराएको जानकारी दिइन्।
शंखमुलस्थीत ओम गल्र्स होस्टलमा पनि २१ जना मध्ये १९ जना घर गइसकेको संचालक अल्पना कर्माचार्य बताउँछिन्। एशाेसिएसनले बन्द गर्न आह्वान गरे पनि दुई जनाले होस्टेलमा सुरक्षित बस्ने भनेपछि छुट दिइएको कर्माचार्यको भनाइ छ।
उनी भन्छिन्, “उहाँहरु दुई जना र हामी संचालक तीन जना गरी पाँच जना छौं। सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौं।”
ललितपुरको ज्वागलस्थित साहारा होस्टलमा १८ मध्ये १२ जना घर गइसकेका छन। विद्यार्थीहरु घर गएको र कामकाजीहरु मात्र बसिरहेको वार्डेन बिना तामाङ बताउँछिन्। उनी भन्छिन्, “कोही होस्टलमा बसेर काम गर्नुहुन्छ, कोही अफिसै जानुहुन्छ। तर, विशेष सावधानीमा आउनेजाने गरिरहनुभएको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!