३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

जरुरी सवारी साधनहरुलाई मात्र तेल दिइने

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यकका लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ। सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाडौँ उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ। “पेट्रोल पम्प परिसरको बाहिरपट्टि देखिने गरी सूचना टाँस गरेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन (एम्बुलेन्स वा सरकारबाट इजाजतप्राप्त साधन) लाई इन्धन उपलब्ध गराउन हामीले निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “पम्पहरुमा धेरै कर्मचारी नभएको र सम्पर्क नम्बर देखिने गरी सूचना टाँस गर्न हामीले जानकारी गराइसकेका छौँ ।” अत्यावश्यकका लागि काठमाडौँ उपत्यकाका जुनसुकै पम्पमा तेल भर्न सकिने र पम्पमा पर्याप्त मात्रामा मौज्दात तेल राखिएको उहाँले जानकारी दिनुभयो। सुरक्षा निकायका आप्नै पम्प रहेको तथा निजी क्षेत्रका पम्पबाट नजीक रहेका अस्पताल तथा कूटनीतिक नियोगका कर्मचारी तथा पत्रकारले तेल भर्ने गरेको सूचना आफूहरुलाई आएको उहाँले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!