३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

सामान्य ज्वरो जाँच गर्ने यन्त्र समेत छैन

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

स्थानीय तहमा.. व्यवस्थापन गर्न सकेका छैनन् कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै बागलुङका स्थानीय तह व्यवस्थापनमा जुटेका छन् । कतिपय स्थानीय तहले पूर्वाधार निर्माण थालेका छन् भने कतिपयले सामान्य ज्वरो जाँच गर्ने यन्त्रको समेत व्यवस्थापन गर्न सकेका छैनन् । नेपाली सेना र प्रहरीले तयार पारेका पूर्वाधारको भरोसामा बागलुङ नगरपालिका धवलागिरि अञ्चल अस्पताल सञ्चालनमा छन् । स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइको व्यवस्थापनमा सक्रियता बढाइएको छ भने प्राथमिक स्वास्थ्य चौकी र केन्द्रलाई तयारी अवस्थामा राखिएको नगर कार्यपालिकाले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम बढ्दै गइरहेका बेला जैमिनी नगरपालिकाले कुनै पनि तयारी गरेको छैन । सङ्क्रमित देखापरेमा राख्नुपर्ने क्वारेन्टाइन, बिरामी पुष्टि भएमा चिकित्सकको निगरानीमा राख्नुपर्ने आइसोलेसनलगायतका कुनै पनि पूर्वाधारको तयारी नरहेको नगर कार्यपालिकाले जनाएको छ । जैमिनी नगरका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भन्नुभयोे, “शान्ति माविलाई क्वारेटाइन बनाउने भन्ने छ । आवश्यक परे नजिकका विद्यालय प्रयोग हुन्छन् ।” जानकारीको अभावले तयारी गर्न नसकिएको उहाँले बताउनुभयो । सम्बन्धित बिषयका विज्ञ नगरमा नरहेको र हल्लाका भरमा तयार भएका पूर्वाधारले काम नदिने उहाँको तर्क छ । “हामीसँग ज्वरो नाप्ने सेन्सर थर्ममिटरसमेत छैन, खरिदका लागि खोजेको धेरै भयो तर बजारमै पाइँदैन”, उहाँले भन्नुभयो, “जो कोहीले उपलब्ध गराए भुक्तानी गर्न तयार छौँ ।” लकडाउनको समयमा बाहिर ननिस्कन, कोरोनाका कारण हुनसक्ने क्षति, लक्षण र सावधानीका उपायको विषयमा भने प्रचारप्रसार गरेर चेतना फैलाउने काममा लागिएको उहाँले बताउनुभयो । जैमिनीमा अत्यावश्यक औषधिको भने अभाव नरहेको र मास्क तथा सुरक्षा सामग्रीको प्रबन्ध भइरहेको उहाँको दाबी छ । बरेङ गाउँपालिकाले आवश्यक औषधिको तयारी थालेको छ । विपद् व्यवस्थापनका लागि भन्दै रु १० लाख बजेटको व्यवस्था गरेको गाउँपालिकाले सोही रकमले औषधि, मास्क, स्यानिटाइजर तथा सुरक्षा सामग्रीको प्रबन्ध गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । गाउँपालिकाले बाटाकाचौरमा रहेको जनता प्राविमा २५ जना अट्न सक्ने क्वारेन्टाइन बनाएको छ । कृषि कर्मबाट नै बरेङका सर्वसाधारणको दैनिकी चल्ने भएकाले पाँच जनाभन्दा धेरै जम्मा भएर खेतबारीको कामसमेत नगर्न आग्रह गरिएको थापाले बताउनुभयो । “गाउँमा मल (गाईभैँसीको गोबर) बोक्ने बेला भएको छ”, थापाले भन्नुभयो, “हुद्धा (समूहमा गरिने काम) लगाउँदा समेत पाँच जनाभन्दा धेरै नहुन भनेका छौँ । शहरबजारमा फैलिएको कोरोना त्रासका कारण गाउँ फर्किएका युवालाई लकडाउनमा सम्हाल्न बरेङलाई धौधौ भएको छ । “२०÷२५ जना जम्मा भएर पिकनिक खान खसी डो¥याएर हिँडेको देखेपछि रोक्यौँ”, उहँले भन्नुभयो, “सुरक्षाकर्मी नै परिचालन गरेर वनभोज खाने, धेरै जम्मा भएर तास खेल्नेजस्ता क्रियाकलाप बन्द गर्न लगाएका छौँ ।” यस्तै बडिगाड गाउँपालिकाले जिल्ला समन्वय समितिको भवनमा क्वारेन्टाइन निर्माणको तयारी थालेको छ भने ताराखोलाले हिल स्वास्थ्य चौकीलाई क्वारेन्टाइन बनाएको छ । ताराखोलाका पाँच वडाका स्वास्थ्य संस्थामा कम्तीमा चार श्ययाको आइसोलेसन बनाउने तयारी पनि गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । निसीखोलाले गाउँकार्यपालिका नजिकै रहेको एक विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले बताउनुभयो । तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाले पनि आवश्यक तयारीका लागि छलफल चलाइरहेको जनाएका छन् । लकडाउनपूर्व नाकामा हेल्थ डेक्स र १० जनाभन्दा धेरै जम्मा नहुन आग्रह गर्दै आएको गल्कोट नगरपालिकाले आइसोलेसन र क्वारेन्टाइनको तयारी गरिरहेको जनाएको छ । काठेखोला गाउँपालिकाले आठ वटै वडालाई आइसोलेसनसहित क्वारेन्टाइन व्यवस्थापन गर्न भनेको छ । वडा नं ४ तङ्ग्राम र ८ लेखानीले स्थानीय विद्यालयमा क्वारेन्टाइन बनाएको जनाएका छन् भने बाँकी वडाले खाली रहेका र बस्तीदेखि टाढा रहेका विद्यालयलाई प्रयोगमा ल्याउने जनाएका छन् । “ज्वरो नाप्ने मेसिन त छैन के क्वारेन्टाइन बनाउनु खै” वडा नं ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भन्नुभयोे, “वडाले सक्नेजति सबै तयारी भइरहेकै छन् ।” गाउँपालिकाले कार्यपालिका नजिकै रहेको भीमसेन माविमा क्वारेन्टाइन निर्माण गर्न सकिने जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!