२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

फुलवारीमा कोरोना भाइरस विरुद्ध्को सचेतान अभियान

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

देविराम कुसारी
फुलवारी, चैत्र १३ । तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १३ फुलवारीमा आज कोरोना भाइरसका विरुद्ध्को सचेता अभियान गरिएको छ ।
वडा नम्वर १३ का वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको नेतृत्वमा पुलचौक वाट सुरु भएको सचेतना अभियानले वडाका विभिन्न वस्तीमा पुगी माइकिङ् गर्नुका साथै प्रचा पम्लेट वितरण गरी समुदायका व्यक्तिलाई सचेताना गराएको छ । अभियान टोलिले वडाका बखरिया, ढकना, दमारगाउँ, अम्बापुर, गिधनिया, मझघटुवा, रनियापुर, वराखुटी, सिमल खुटी, गाई खुटी, भित्तावाङ लगाएतका वस्तीमा पुगी सचेतना जगाएको हो ।
सचेतना अभियानमा नेपाल रेडक्रस जिल्ला शाखा सदस्य हरिहर पौडेल, वडा सदस्य विनोद पाण्डे, इलाका प्रहरी कार्यालय फुलवारीका प्रमख खड्गबहादुर बुढा, अस्थाई प्रहरी पोष्ट दमारगाउँका प्रमुख बलबहादुर सुनार, श्री नम्वर २ वन तथा पर्यावरणिय सुरक्षा गण अम्वापुरका प्रमुख नारायणबहादुर आर्याल, स्वाथ्य चौकी फुलवारीका अहेब गणेश वली, पत्रकार महासंघका केन्द्रिय सभासद देविराम कुसारी लगाएतको सहभागिता रहेको थियो । अभियानले सरकारले गरेको लक डाउनको निर्णयलाई लागु गरे नगरेको समेत अनुगमन गरेको थियो ।
अभियानका क्रममा धेरैले सरकारको निर्णय पालना नगरेको पाइएको हुदा अब देखी पालना नगर्नेलाई कारवाही गरिने सुरक्षा समितिका सदस्य सचिव विनोद पाण्डेले जानकारी दिनुभएको छ ।
यसैविच दंगिशरण १ मा पुर्ण सरफई एंव साबुन पानीले हात धुने सचेतना कार्यक्र सम्पन्न भएको छ ।
नेपाली काँगे्रसका इकाई सभापति रमेश भण्डारीको लगानी तथा पहलमा यो सचेतनाको अभियान थालिएको हो । अभियनमा कसरी हात धुने र पुर्ण सरसफईका वारेमा जानकारी गराइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]