०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

वडाध्यक्ष अधिकारीद्वारा २ महिनाको सेवा सुविधा नागरिक राहत कोषमा जम्मा गर्ने घोषणा

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

सन्तोषकुमार गुप्ता, दाङ १३ चैत्र ।
दाङ देउखुरीको गढवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले आफ्नो २ महिनाको सेवा सुविधा कोरोना नागरिक सुरक्षाकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक अकाउन्ट मार्फत कोरोनाविरुद्ध लड्न नागरिकलाई सहयोग स्वरूप बिहीबार २ महिनाको सेवा सुविधा नागरिक कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
कोरोना संक्रमण रोक्न र नियन्त्रण गर्न जनप्रतिनिधिको हैसियतले मेरो तर्फबाट समग्र देउखुरी बचाउनलाई यस महामारी र संकटको घडीमा मेरो २ महिना बराबरको सेवा सुविधा नागरिक सुरक्षा कोषमा जम्मा गर्ने प्रतिवद्दता गर्दछु उनले आफ्नो फेसबुक अकाउन्टमा लेखेका छन्। साथै उनले सबै जनप्रतिनिधिहरू र सरोकारवालाहरूलाई नागरिक सुरक्षा कोषमा रकम जम्मा गर्न पनि अनुरोध गरेका छन् ।
वडा अध्यक्ष अधिकारी सँगै केही सरोकार राख्ने नागरिकहरूले यो कोष खडा गरेका छन् । कोरोना विरुद्ध लड़न गरिव दिनदुखीहरूलाई सहयोग गर्न तथा आपत परेका बेला राहत कोषले सहयोग मिल्ने वडा अध्यक्ष अधिकारीको भनाई रहेको छ । यसै गरि राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ निवासी राजनीतिज्ञ तथा समाजसेवी होमप्रसाद शर्माले पनि आफ्नो तर्फबाट ३५ हजार रुपैयाँ नागरिक सुरक्षा कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
गढवामा भारतबाट आएका ८ जना व्यक्तिलाई क्वारेन्टाइन र आइसुलेसनमा पठाइयो
सन्तोषकुमार गुप्ता, दाङ १३ चैत्र ।
कोरोना भाइरस हुनबाट बच्न र बचाउन भारतका विभिन्न ठाउँबाट नेपाल आएका ८ जना नागरिकलाई गढवा गाउँपालिका वडा नम्बर १ ले क्वारेन्टाइन र आइसुलेसनमा पठाएको छ ।
गढवा गाउँपालिका वडा नम्बर १ रंङसिङ बस्ने अन्दाजी २२ वर्षिय गोपाल कुमाललाई बुटवल आइसुलेशनमा पठाइएको छ, सोही ठाउँका अन्दाजी २३ वर्षका जुनमान रोका र १८ वर्षका निर्मल कुमाललाई जनता मावि कालाकाटेको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी ४० वर्षका गिरबहादुर रावल र १८ वर्षका राकेश रावल बाबु(छोरालाई बनघुस्री (होम क्वारेन्टाइनमा) राखिएको छ । भने १८ वर्षका बिष्णु कुमाल, २५ वर्षका पुरन कुमाल र ४० वर्षका कमल कुमाललाई वनवारी (होम क्वारेन्टाइन) मा राखिएको गढवा गाउँपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिएका छन् । उनीहरू सवै भारतको केरेला,पञ्जाप , राजिसथान र दार्जििलङबाट आएको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।
उनीहरू मध्ये गोपाल कुमाल चैत्र १ गते आएको र १० गते ज्वरो आएको थियोे । कुमालको रगत परिक्षणका लागि टेकु काठमाडौं पठाईएको र हाल सम्म रिपोर्ट नआइसकेको बताइएको छ । भने जुनमान पनि गोपाल संगै आएको र ज्वरो आएको हुँदा निजलाई बुटवलमा उपचार पश्चात कालाकाटे क्वारेन्टाइनमा राखिएको छ । दुवै जनालाई भारतबाट आए देखि ज्वरो आइरहेको वडा अध्यक्ष अधिकारी बताएका छन् । अन्य सबै २, ३ दिन अघि घरमा आएको र वडा स्तरीय समन्वय समिति र स्वास्थ्य शाखा कर्मचारीको सुझाव बमोजिम घरमै क्वारेन्टाइनमा राखिएको बताइएको छ ।
घरमै अथवा होम क्वारेन्टाइनमा बस्नेहरूको भान्सा, बसाई, खानपिन(ट्वाइलेट, बाथरुम सबै अलग राखिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । गढवा गाउँपालिकाले वडा नम्बर १ मा रहेको जनता मावि कालाकाटे, जनमुखी आधारभूत विद्यालय रंगसिङ र आधारभूत विद्यालय वनघुस्री र लक्ष्मी सामुदायिक वन जेठान गाउँमा क्वारेन्टाइन स्थापना गरिएको छ ।
लकडाउनको पुर्णरूपमा पालना गर्न देउखुरीका चार वटै पालिका प्रमुखको आग्रह
सन्तोषकुमार गुप्ता, दाङ १३ चैत्र ।
दाङ देउखुरीको चार वटै पालिका प्रमुखहरूले नेपाल सरकारले गरेको लकडाउनको पुर्णरूपमा पालना गर्न आग्रह गरेका छन् । जिल्लाको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसी,गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव,राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले कोरना भाईरसको संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारले लगाएको लकडाउनको पुर्ण रुपले पालना गर्न सम्पुर्ण आम नागरिकहरूलाई अनुरोध गरेका छन् ।
पछिल्लो समयमा विश्वब्यापी रुपमा महामारीको रुपमा फैलदै गएको कोभिड १९ अर्थात कोरना भाईरस बाट बच्ने सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको नै आ आफ्नो घरमा बस्ने, अरु ब्यत्ति बाट करिव ३ फिट दुरीमा रहने, सफा खाने, समय समयमा साबुनले मिचिमिचि हात धुनाले भाईरसबाट बच्च सकिने बताएका छन् । अहिले सवै पालिकाले नागरिकलाई गाउँगाउँमा पोस्टर, पम्मलेट, रेडियो, टेलिभिजन मार्फत सुचना प्रशारण गर्दै कोरना भाईरस बाट बच्च र अरुलाई पनि बचाउन प्रत्यक ब्यत्ति सुरक्षित घरमै बस्न अनुरोध गरेका छन् ।
आलोपलो रूटिङ मिलाएर सुचना प्रवाह गर्न रेडियोकर्मीलाई अकोरापका प्रदेश अध्यक्ष घिमिरेको आग्रह
सन्तोषकुमार गुप्ता, दाङ १३ चैत्र ।
सामुदायिक रेडियो प्रसारक संघ प्रदेस नम्बर ५ का अध्यक्ष केपी घिमिरेले सबै रेडियोकर्मीहरूलाई आफु जोगिएर आलोपालो रुटिङ मिलाई सुचना प्रवाह गर्न आग्रह गरेका छन् । बिहीबार एक प्रेस विज्ञप्ति जारी गरि अध्यक्ष घिमिरेले विश्वभरि फैलिएको कोरोना भाईरसको संक्रमणले नेपाल पनि उच्च जोखिम रहेको उल्लेख गर्दै देशभर लकडाउनको परिस्थितिमा सामुदायिक रेडियोकर्मी संयम भएर सुचना सम्प्रेषण गरिरहेको बताए ।
सहि सुचना दिएर नागरिकलाई सचेत गराई राख्नु हाम्रो दायित्व हो उनले विज्ञप्तिमा भनेका छन् । सरकारले घोषणा गरेको लकडाउन सफल पार्न हरेक नागरिक सुरक्षित रहौ, अत्याबस्यक काम बाहेक घरबाट बाहिर ननिस्कौ। मास्क, पन्जा प्रयोग गरौ सरसफाई मा ध्यान देऔ। सबै रेडियोकर्मीले आ आफ्नो भुमिका निर्वाह गरौ । यस्तो परिस्थितिमा रेडियो बन्द नगरी जनतालाई सुसुचित सहि तरिकाले पुष्टि भएका सुचना मात्र दिएर हौसला बढाउन पनि उनले सुझाव दिएको छन् ।
कोरोना भाइरसको त्रासले दाङमा ग्यास ढुवानी सेवा बन्द
सन्तोषकुमार गुप्ता, दाङ १३ चैत्र ।
कोरोना भाइरसको त्रासले दाङ जिल्लामा आज बिहीबार देखि दाङ देउखुरी ग्यास बिक्रता संघले ग्यास ढुवानी सेवा बन्द गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय संखुवासभाको निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले समाजमा शान्ति सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा गर्दै आमनागरिकहरुमा प्रहरी सेवाको पहुँच पुर्‍याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । निर्देशनको […]

दाङ । बिजौरी तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित भोजपुर चोकमा रहेको ठाकुर स्मृति प्रतीक्षालयको वरिपरि आज विशेष गरेर राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं.१८ का सभापति शिवराज खत्री र जिल्ला सदस्य रबिन्द्र केसीको नेतृत्वमा सरसफाइ कार्यक्रम राखिएको थियोे । विशेष गरेर आउदै गरेको हरीतालिका तिजको अवसर पारेर तुलसीपुर वडा नं.१८ बिजौरी मा रहेको ठाकुर स्मृति प्रतीक्षालयको […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्ष राजु अर्यालले सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सुक्ष्म रुपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा कुनै पनि कमाण्डर कारबाहीको भागिदार  हुने चेतावनी दिएका छन्। मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमाक्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरहरुलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा […]

error: Content is protected !!