२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

जनता कर्फ्युको उलंघन गर्ने २७ जना दाङ प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

सागर थापा
दाङमा सरकारले गरेको जनता कर्फ्युमा दाङ जिल्लाभर बाट दाङ प्रहरीले तेस्रो दिनमा २ महिला २५ पुरुष ७० वटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्नका लागी जनता कर्फ्यु उलंघन गर्ने ७० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ । बिहीबार तेस्रो दिन दाङ जिल्ला भरबाट दाङ प्रहरीले जनता कर्फ्यु उलंघन गर्ने ६३ वटा मोटरसाइकल ४ स्कुटी १ वटा ट्रेक्टर १ वटा अटो १ वटा जिप कारलाई नियन्त्रणमा लिएको छ ।
सवारीसाधनलाई जनता कर्फ्यु अवधी सम्म प्रहरीले नियन्त्रणमा राखिने तर पक्राउ परेका अटेरी गर्नेलाई मुद्दा चलाउन सक्ने बताए । साथै शुक्रबारबाट थप कडाइ गरिने र पक्राउ गरेर मुद्दा चलाइने दाङ प्रहरी प्रवक्ता डिएसपी खड्काले बताएका साथै कोही पनि नागरिक अति अावश्यक काम बाहेक बाहिर ननिस्कन दाङ प्रहरीले अाग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!