२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

ध्वनि खबर टिमले नेपालगन्जका सम्पुर्ण सेना प्रहरी हरुमा सर्जिकल माक्स वितरण

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

सागर थापा
बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्वभरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज नेपालगन्जमा समाजिक कार्य गरेको छ ।
कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जका सम्पुर्ण प्रशासन, सुरक्षाकर्मी ( प्रहरी, शस्त्र, वडा प्रहरी, जिल्ला प्रशासन, ट्राफिक प्रहरी ) र आम जनतालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । ९०० पि नेपाल प्रहरी र आम जनतामा ४०० गरी १३०० जति सर्जिकल माक्स हस्तान्तरण गरिएको हो ।
यसैगरी काठमाडौदेखि  दाङसम्म खटिएका सुरक्षाकर्मी र युनिट लगायत आम जनतालाई गरी ११०० सय मास्क वितरण गरिएको थियो ।
नेपालगन्जमा आज सम्पुर्ण प्रशासन, प्रहरी, सशस्त्र प्रहरी लगायतका कार्यालय प्रमुखलाई माक्स, सर्जिकल क्याप,सर्जिकल पन्जा हस्तान्तरण गरेको ध्वनि खबर टिभिको सम्पादक उदय सिंह श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोनाको जोखिम सर्व प्रथम सुरक्षाकर्मीहरु रहेको हुनले सो स्थितिलाई मध्यनजर गर्दै काठमाडौं बाट नेपालगन्ज सम्म सुरक्षाकर्मी हरुलाई कोरोना बाट बच्ने उपायको सीप दिदै, सुरक्षाकर्मीहरुलाई माक्स हस्तान्तरण गर्दै आएको उहाँ ले बताउनु भयो । सम्पादकले दिएको जानकारी अनुसार उहाँले आज नेपालगन्जमा ९०० पि माक्स निशुल्क रुपमा सुरक्षाकर्मीहरुलाई दिनुभएको हो ।
आज वितरण गरिएको मास्कमा जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायलाई १०० पि माक्स, सशस्त्र प्रहरी ४० न. गुल्मका डिएसपी नवराज बोहरालाई १०० पि माक्स, सशस्त्र प्रहरी ३० न. गुल्ममा २००, नेपाल प्रहरी जमुनाहामा ५० पि, ट्राफिक कार्यालय बाँकेमा ५० पि, जिल्ला प्रहरी कार्यालय बाँकेमा ३००, वडा प्रहरी नेपालगन्जमा १०० पि, ४०० आम जनताहरुलाई गरि कुल १३०० पि माक्स हस्तान्तरण गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]