२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँकेमा अनावश्यक हिड्नेलाई ठाउँको ठाउँ कार्वाही गर्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

सागर थापा /महेन्द्र सिंह
बाँकेमा अनावश्यक बाहिर निस्किनेलाई ठाउँको ठाउँ कार्वाही गर्न नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली एरिया विभाजन गरेर एक्सनमा उत्रिएको छ ।
जति नै सम्झिाए पनि अनावश्यक बाहिर निस्किने क्रम नरोकिएपछि तीन वटै सुरक्षा निकायको अधिकृतस्तरको नेतृत्वमा कारबाही टोली खटाइएको हो । दुई जनासम्मलाई अत्यावश्यक बस्तु किन्न निस्किन दिने र अनावश्यक निस्केकालाई रातभरी थुन्ने रणनीति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सम्झाउदा नमानेकाले बल प्रयोगमा उत्रिएको बताउनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले घर बाहिर ननिस्किन फेरि पनि साढे ५ देखि ६ बजेसम्म माइकिङ गर्दैछ । त्यसका बाबजुद घरबाट बाहिर निस्किनेलाई कारबाही गर्ने रणनीति बनाइएको छ । ‘अवज्ञा गर्नेलाई अब कारबाही हुन्छ, समातेर मुद्दासम्म चलाउँछौं, एसपी बीरबहादुर ओलीले भन्नुभयो, कुनै बन्द खुलेजस्तो साँझ भएपछि सडकमा रमिता हेर्न, पान खान, घुम्न निस्किने गरेको पाइयो । आजदेखि त्यस्तालाई कारबाही हुन्छ ।’
प्रहरीले सवारी साधनलाई निषेध गर्दैछ । खाद्यान्न किन्न एकदुई जना हिडेर जान सक्छन् । आज बसेको सुरक्षा समितिको बैठकले नेपाली सेनालाई ब्याक सपोर्टमा राख्दै एरिया विभाजन गरेको छ । जमुनाहादेखि ट्राफिकचोक र कारकादोदेखि राँझासम्म सशस्त्र प्रहरी र बाँकी सबै ठाउँमा नेपाल प्रहरीले कमाण्ड गर्दैछ । अधिकृतस्तरले कमाण्डमा रहेको टोलीले अनावश्यक रुपमा बाहिर निस्किनेलाई कारबाही गर्छ । अटेरीलाई रातभरी थुन्छ र मुद्दासमेत चलाउँछ ।
दिनभरी घरभित्रजसो बस्ने गरेका मान्छेहरु साँझ परेपछि बजारमा निस्किदा कोरोनाको जोखिम बढाएको सुरक्षा समितिले निष्कर्ष निकालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।