२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कोरियाका नेपालीले कोरोना जाँच्ने दुई हजार किट्स नेपालमा पठाउँदै

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ।
किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग दुई हजार प्रतिको सम्झौता भएको एनआरएनए कोरियाले जनाएको छ। त्यसका लागि एनआएनए कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ। प््रति किट्सको मूल्य २० हजार कोरियाली वन अर्थात् २ हजार रुपैयाँ पर्ने बताइएको छ। त्यसका लागि ४० लाख रुपैयाँ लाग्ने भएपछि त्यहाँ रहेका नेपालीहरुले एक किट्स बराबरको रकम सहयोग गर्न एनआएनए कोरियाले जनाएको छ।
एनआएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले भने, ‘कोरोना भाइरसका कारण मातृभूमि नेपालले जुन विषम परिस्थिति भोग्नुपरेको छ, त्यसका लागि सहयोग गर्न कोरियावासी सम्पूर्ण नेपालीहरुमा अनुरोध गर्दछु।’
उक्त किट्स कोभिड–१९ को संक्रमणको शंका भएकका बिरामीमा हो होइन भन्ने पुष्टि गर्न प्रयोग हुन्छ। दक्षिण कोरियामा झण्डै ६० हजार नेपाली विभिन्न स्थानमा बसोबास गर्छन्। हालसम्म त्यहाँ रहेका नेपालीलाई कोरोना संक्रमण भेटिएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!