२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेकपा विप्लव पाटीले कालोबजारी गर्नेलाई कारबाही गर्ने

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने विप्लव नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर यस्ताे समूहले चेतावनी दिएको हो । नेकपाका जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले बिज्ञप्ति जारी गर्दै कालोबजारी गर्नेलाई कारवाही गर्ने काममा सघाउँन जिल्लावासीलाई आग्रह गरेका छन् । ‘कालोबजारी गर्नेलाई हाम्रो पार्टीको तर्फबाट सक्त कारबाही गर्ने जानकारी गराउँदै कालोबजारी गर्ने व्यक्तिको पहिचान गरी खबर गर्नुहुन अनुरोध छ ।’ बिज्ञप्तिमा भनिएको छ । यस्तो विपतको वेला ग्यास तथा दैनिक उपभोग्य बस्तुको कृतिम अभाव सृजना गरी कलोबजारी हुँनसक्ने तर्फ सचेत रहन जिल्लावासीलाई विज्ञप्तिमार्फत आग्रह पनि गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]