२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सरकारले कारागारको कैदीबन्दी हरुको संख्या घटाउने गृहकार्य सुरु

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

नेपाल सरकारले कारागारबाट कैदी बन्दीको सङ्ख्या घटाउने गृहकार्य सुरु भएको छ । गृह मन्त्रालय र कारागार व्यवस्था विभागका अनुसार कति र कस्ता प्रकृतिका अपराध गरेकालाई छोड्न सकिन्छ भनेर तथ्याङ्क सङ्कलन सुरु गरेको हो ।
कारागारभित्र कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई रोक्न कैदीबन्दीको सङ्ख्या घटाउन लागिएको छ । मिल्नेसम्मका कैदी बन्दीलाई छोड्ने तयारी भइरहेको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिनुभयो ।
गृह मन्त्रालय र विभागका अनुसार असल चालचलन भएका, ५० प्रतिशत कैद भुक्तान गरिसकेका, वृद्ध तथा बालबालिकाको कैद मिनाहा हुनेछ । तर, गम्भीर प्रकृतिको जघन्य अपराध गरेकालाई भने कैद मिनाहा हुने छैन । कारागार व्यवस्थापन विभागले थुनुवा र बन्दीसँग हाललाई भेटघाटमा रोक लगाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!