२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

स्वास्थ्य अबस्थाकाे बारेमा अवलोकन गर्दै १८ नम्बर वडा अध्यक्ष

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

कपिल लामिछाने
बिश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाईरसका कारण बिश्व आक्रान्त बनिरहेकाे याे परिपेक्षमा नेपालले पनि राेकथामका लागी बिभिन्न प्रयासहरु गरिरहेकाे छ । यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले आज वडामा रहेका वडाबासीहरुकाे स्वास्थ्य अबस्थाकाे बारेमा चासाे राख्दै वडा अवलाेकन गर्नुभएकाे छ । वडा अबलाेकनका क्रममा भारतबाट र तेस्राे मुलुकबाट आएका नागरिकहरुकाे अबस्था र हाेम क्वारेन्टाईन काे बारेमा सम्झाउदै अत्यावश्यक भन्दा अरु कामले घर बाहिर ननिस्किन अनुराेध समेत गर्नुभयाे । भारतबाट घर आएका १० जना र कतार दुबईबाट आएका ४ जनाकाे डाटा संकलन गरि उनिहरुलाई केहि त्यस्ताे समस्या देखिने बित्तिकै तुरुन्त सम्पर्क गर्न समेत वडा अध्यक्ष वलीले सबैलाई अनुराेध गर्नुभयाे । साबिकका वडा नं १,३,४,५ र ७ मा रहेका सबै टाेल बिकास संस्थाहरुलाई भारत लगाएत तेस्राे मुलुक हुदै आएका मानीसहरुकाे डाटा संकलन गरि उनिहरुकाे स्वास्थ्य अबस्थाकाे बारेमा नेपाल पुलिस, स्थानिय सरकार, तथा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउदै आफुपनि बाचाैँ र अरुलाई पनि बचाउँ भन्ने साेचका साथ अघि बढ्न टाेल बिकास संस्थाका अध्यक्षहरुलाई वडा अध्यक्ष वलीले निर्देशन समेत दिनुभयाे ।
अबलाेकनकै क्रममा वडा अध्यक्ष वलीले वडामा काेहिपनि त्यस्ताे आपतविपतमा परेका नागरिकहरु भए वडाले उनिहरुकाे अबस्थालाई मध्यनजर गर्दै सहयाेग गर्ने समेत जानकारी गराउनु भयाे । उहाँले भन्नुभयाे यस वडामा रहेका काेहिपनि नागरिकहरु नआत्तिन आफ्नाे मनाेवल उच्च पार्ने कुरा अवगत गराउदै सरकारकाे याे कदममा सबैले साथ दिएमा काेहि पनि याे महामारी पर्न नसक्ने कुरा बताउदै सरकारलाई सहयाेग गर्न सबैलाई अपिल समेत गर्नुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!