१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

सुधार केन्द्रले सुधारेको जिबन पहिले दुर्व्यसनी, अहिले अभियानकर्मी

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

दाङमा तीन वर्षअघि अत्यधिक जाँडरक्सी खाने कुलतमा फसेका थिए । तर यसले आफैँ सचेतना अभियानमा छन् । कुनै समय आफैँ लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरुले अहिले सचेतना प्रदान गर्दै आएका छन् । दाङको लमही–५ रातोडाँडा निवासी सुरेश भुषाल पूर्वदुव्र्यसनी हुनुहुन्छ । उनी छ वर्षअघि लागुऔषध दुव्र्यसनीमा फसेका थिए तर अहिले उनआफैँ लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्ने अभियानमा सक्रिय छन्।
पुनःस्थापना केन्द्रमा गएर उपचार गराएपछि उहाँ दुव्र्यसनी विरुद्ध सचेतना फैलाउने अभियानकर्मीका रूपमा क्रियाशील छन्। “हामीले लागुऔषध प्रयोग गर्दा हाम्रो स्वास्थ्य मात्रै होइन घर नै बिग्रिने रहेछ भन्ने कुरा पुनःस्थापना केन्द्रमा गएपछि थाहा पाएँ”, उनले भने, “अब यस्तो कुलतमा फसेर अरुको भविष्य पनि नबिग्रियोस् भन्ने उद्देश्यले आफैँ सचेतना प्रदान गर्नेतर्फ लागेँ ।” अहिले उनी तुलसीपुर–१९ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रको कार्यकारी निर्देशक भएर काम गरेका छन्।
त्यस्तै दाङकै यमप्रसाद खरेल पनि पूर्वदुव्र्यसनी छन् । उनी पनि तीन वर्षअघि अत्यधिक जाँडरक्सी खाने कुलतमा फसेका थिए । तर यसले आफैँ सचेतना अभियानमा छन् ।
त्यस्तै तुलसीपुरका ४३ वर्षीय ओमलाल जैसी फर्निचर बनाउने राम्रो मिस्त्रीका साथै कुकमा पनि दख्खल राख्छन् । उनले कुनै समय आफूसँग भएको सीप प्रयोग गरेर मासिक रु ४० हजारसम्म कमाउथे तर जब उनी कुलतमा फसे, त्यसपछि आफूले कमाएको सबै पैसा त्यसमै खर्च हुन थाल्यो । दिनभर कमाउने र त्यो पैसा साँझ रक्सी खाएर फाल्ने गर्थे । उनले विगत दुई वर्षदेखि त्यसरी नै पैसा फाल्न थालेपछि उनको घर व्यवहारमा असहज भयो र उनलाई तुलसीपुर–१९ बिजौरी हाडिमेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा राखियो ।
अहिले दाङ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा बसेकाहरुले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको केन्द्रका कार्यकारी निर्देशक सुरेश भुषालले बताए । “पहिले दुव्र्यसनीमा फसेका अहिले आफैँ लागुऔषधका बारेमा चेतना फैलाउँदै आएका छन्”, उनले भने, “दाङमा अहिले जति पनि पुनःस्थापना केन्द्र सञ्चालनमा छन्, त्यसका प्रमुख सबै पहिले दुव्यर्सनीमा फसेका व्यक्तिहरु छन्।” आफू पनि पाँच वर्षअघि दुव्र्यसनीमा फसेको र सोही केन्द्रमै गएका कारण आफूले अहिले अरुलाई सचेतना प्रदान गरिरहेको उनले बताए ।
छ महिनासम्म सुधारगृहमा बसेपछि उनको जीवन पुनःपरिवर्तन भएको छ । उनी पहिले जस्तै बिजौरीको एक फर्निचरमा काम गर्दै आएका छन्। अहिले उनले मासिक रु १५ हजार कमाउँदै आएको समेत बताए ।
“मलाई चौबिसै घण्टा रक्सी पिउने बानी बसेको थियो” उनले भने, “म नशा छोड्नसक्ने अवस्थामा थिइन, जब म छ महिना सुधारगृहमा बसेँ त्यसपछि नशाको नाम पनि लिन चहान्न ।” पुनःस्थापना केन्द्रले आफूलाई पुनर्जीवन दिएको उनको भनाइ छ । नियमित १३ वर्षको उमेरदेखि रक्सी खाँदै आएका जैसीमा सुधारकेन्द्रमा गएपछि छ महिनामै परिवर्तन आयो । “तेह्र वर्षदेखि नियमित रक्सी पिउने गरेको भए पनि एक वर्ष अघिदेखि मैले चौबिसै घण्टा रक्सी खाने गरेको थिएँ” उनले भने, “तर छ महिना सुधार केन्द्रमा बसेपछि मेरो चेतनामा परिवर्तन भयो ।”
उनीमात्रै नभई सुधार केन्द्रबाट केही प्रतिष्ठित व्यक्तिको कुलत पनि छुटेको छ । जिल्लाका केही सरकारी कार्यालयमा काम गर्ने कर्मचारीदेखि शिक्षकसम्मको जीवनमा परिवर्तन ल्याएको छ, सुधार केन्द्रले । एक
बिजौरीको उक्त सुधार केन्द्रमा गएर जीवन बदलेकाहरुले अहिले अरुको जीवन सुधार गरिरहेका छन् । अहिले दाङ बिजौरीमा रहेको नयाँ पाइला पुनःस्थापना केन्द्रमा बसेकाहरुले पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याएको केन्द्रका कार्यकारी निर्देशक भुषालको भनाइ छ ।
अहिलेसम्म उक्त पुनःस्थापना केन्द्रबाट एकहजारभन्दा बढीलाई उपचार गरिएको र दुई हजारभन्दा बढी परिवारलाई परामर्शा दिइएको उनले बताए । पछिल्लो समय लागुऔषध प्रयोगकर्ता बढिरहेको भन्दै वार्षिक डेढसय भन्दा बढीलाई उपचार गर्ने गरेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो समय ट्याब्लेट्स्, गाँजा, रक्सी, ब्राउनसुगर प्रयोग गर्ने धेरै छन् । महिनामा त्यस्ता १०÷१२ जना आउने गरेका छन् ।
प्रायः १३ देखि २४ वर्ष उमेर समूहकाले गाँजा, ट्याब्लेटस्, ब्राउनसुगरमा फस्ने गरेको तथा २४ देखि माथिको उमेर समूह रक्सीमा फस्ने गरेको उनको भनाइ छ । उनका अनुसार आफूहरुले अहिले ‘मल्टिड्रग्स टेस्ट’बाट परीक्षण गरी उनीहरुको शारीरिक अवस्थाअनुसार उपचार गर्ने गरेको बताए ।
अहिले मनोरञ्जन, आध्यात्मिक, परामर्श, विभिन्न व्यवसायलगायत चेतनामूलक सन्देश प्रदान गर्ने गरेको बताए । “शुरुको एक महिना शारीरिक, अर्को दुई र तीन महिनामा चेतनामूलक कक्षा र जाँच तथा तीन महिनापछि परामर्श हुन्छ”, उनले भने, “अहिले केन्द्रमा ३८ जना रहेको र २०७१ सालदेखि अहिलेसम्म २५० जनालाई निःशुल्क सेवा प्रदान गर्ने गरिएको छ ।” केन्द्रले आर्थिक अवस्था कमजोर भएका तथा सहाराविहीनहरुलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ ।
अभिभावक सचेत हुनुपर्छ
कार्यकारी निर्देशक भुषालले आफ्नो सन्तान दुव्र्यसनीमा फस्ने विषयमा अभिभावकहरू सचेत हुनुपर्ने बताए। साथीहरुको लहैलहैमा लागेर फसिरहेको अवस्थामा पनि अभिभावकले कुनै चासो नदिँदा त्यसले ठूलो रूप लिने गरेको उनको भनाइ छ । अभिभावकले लागुपदार्थ दुव्र्यसनीमा फसेकाको लक्षण के हुन्छ भनेर जान्न जरुरी रहेको उनले बताए । अर्कोतर्फ आमाबुबाले लागुपदार्थ खाएको देखेमा पनि बच्चाहरू त्यसप्रति आकर्षित हुने भन्दै यस विषयमा पनि ध्यान दिनुपर्ने उनले बताए ।
अहिले दाङमा यसरी लागुपदार्थ अवैधरूपमा बेचबिखन गर्नेहरुले सञ्जाल चलाएकाले उक्त सञ्जालमा फस्ने गरेको बताए । दुव्र्यसनी समाजका लागि ठूलो रोग भएकोसमेत उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]