२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

तुलसीपुरका व्यपारी वलीद्धारा विपन्न ४० परिवारलाई खद्यान्न वितरण

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

देविराम कुसारी
दाङ चैत्र १५ फुलबारी तुलसीपुरको सिस्ने वोर्डिङ स्कुलका सञ्चालक एंव अजम्वरी कृषी सहकारी संस्थाका सचिव नवराज वलीले समस्यामा परेका ४० घर विपन्नलाई खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।
कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको निर्णयलाई सहयोग गर्न र विन्न जनतालाई समस्यामा पर्न नदिन भन्दै व्यपारी वलीले आज विभिन्न टोलका विपन्नलाई सामाग्री वितरण गर्नुभएको हो । वलीले प्रति व्यक्ति एक वोरा चामल, एक लिटर तेल, एक प्याकेट नुन र एक वटा साबुनका दरले सामाग्री वितरण गर्नुभएको हो । तुलसीपुर उप–महानगरपालिका ५ वस्ने वलीले आफ्नो वडाका विशालनगर, वुद्धनगर, श्रद्धानगर स्वर्गद्धारी टोलका विपन्नलाई सो सामाग्री वितरण गरेको जानकारी दिनुभएको छ ।
यस अघि विभिन्न सामाजिक काम गर्दै आउनु भएका समाजसेवी वलीले कोराना भाइरस आतंकको वेला कुनै पनि व्यक्तिले समस्या भोग्नु नपरोस् भने यो सहयोग गरेको जानकारी दिनुयने । उहाँले समस्याकै कारण सरकारले गरेको लकडाउनको निर्णयलाई उलंघन नगरुन भन्ने उदेश्यले पनि आफुले सामाग्री वितरण गरेको हामीसंग वताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!