२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

लकडाउनमा दाङ उद्योग बाणिज्य संघले घर घरमा होम डेलीभरी

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

सागर थापा
दाङ घोराही बजार आज रातीदेखि बन्द हुने भएको छ । लकडाउनको समयमा तीन घण्टाको समय खाद्यान्न र तरकारी खरिदका लागि स्थानीय प्रशासनले ब्यबस्था गरेको भए पनि बन्द हुने भएको हो ।
दैनिक रुपमा आबश्यक पर्ने उपभोग्य बस्तु अब फोन मार्फत घरमै उपलब्ध गराउने ब्यबस्था गरिएको छ । त्यसका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघले घर-घरमा खाद्यान्न पु¥याउने भएको छ ।
घोराही बजारको मुख्य क्षेत्रका रहेका घोराही १४ र १५ को क्षेत्रलाई लक्षित गरेर यस्तो निर्णय गरिएको हो । घोराही उपमहानगरपालिका १४ को बिपत व्यबस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिका संयोजक एवं वडाध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
स्थानीय जनप्रतिनीधि, उद्योगी, ब्यबसायीको सहभागीतामा यस्तो निर्णय भएको हो । बैठकमा नगर प्रमुख नरुलाल चौधरी, वडाध्यक्ष रमेशकुमार पाण्डे, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेशका उपाध्यक्ष हेमराज बन्जाडे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालसहित राजनितिक दल र बिभिन्न सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन र बच्नका लागि अपनाइएको उक्त व्यबस्थालाई सहजीकरण गर्न वडा नम्बर १४ को कार्यालयलाई जिम्मेवारी दिइएको छ । दैनिक उपभोग्य बस्तुको प्राप्तीका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघको फोन नम्बर ०८२ ५६००६३ मा फोन गर्नुपर्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!