२६ आश्विन २०८३, सोमबार
12-10-2026 , Mon
×

घोराही २ का वडा सचीव आचार्य घरबेटीले कोरोनाको डरले कोठाबाट निकाले : नर्सलाई

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

दाङ चैत्र १८ घोराही २ का वडा कार्यालयका सचिव घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्।
खड्काका घरबेटी घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य हुन्। स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन्। गत १५ गते डेराबाट निकालिएकी नर्स खड्का अहिले घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन्।
‘तिम्रो कारण कोरोना संक्रमण हुने खतरा भयो भनेर उहाँहरुले मलाई भन्नु भयो,’ उनले भनिन् ‘मैले आँफू सुरक्षित रहेर काम गरिरहेकाले कुनै डर नहुने भन्दै सम्झाएँ , तर पनि मान्नु भएन।’ अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले खड्काका कारण आँफूहरु असुरक्षित रहने भन्दै घरबेटीले कोठा छोड्न दबाब दिएका थिए। ‘कित अस्पताल नजाउ, कि भने तिम्रा लागि सधैँका लागि गेट बन्द हुन्छ भन्नु भयो,’ उनले भनिन् ‘अस्पतालले बिदा दिने कुरै भएन, अनि कोठा छोड्न बाध्य भएँ।’
यता घरबेटी आचार्यले भने आँफूले पेशासंग जोडेर कोठा छाड्न नभनेको वताए। खड्का लगाएत कोठामा तीनजना बस्दै आएको र कोठा सानो भएकाले अर्को कोठाको व्यवस्थापन गर्न भनेको आचार्यले वताए। ‘मैले पेशासंग जोडेर कोठा छोड्न भनेको हैन,सानो कोठा भयो अर्को कोठाको व्यवस्थापन गर्नु भनेर भनेको हुँ,’ उनले भने ‘म सरकारी मान्छे त्यसरी भन्ने कुरै भएन।’
नर्स खड्काका अनुसार उक्त कोठामा खड्काकी एकजना साथी र ति साथीका दाजु बस्दै आएका थिए। सुरुमा उक्त कोठामा खड्काकी साथी बस्दै आएकी थिइन्। उनै साथीले घरबेटीसंग सल्लाह गरेर खड्कालाई पनि आफ्नो कोठामा बस्न भनेपछि खड्का गत मंसिरमा त्यहाँ गएकी थिइन्। ‘उहाँले कोठा सानो भएको भनेर भन्नु भएको हैन,मैले बेकारमा उहाँलाई आरोप लगाउने कुरै भएन नि,’खड्काले भनिन् ‘कोरोनाको संक्रमणको त्रास फैलन सुरु भएदेखि उहाँहरुले अस्पताल तिरै बस्ने व्यवस्था मिलाउन भनेर भन्दै आउनु भएको थियो, तर हामीहरु त्यहिँ बसिरहेपछि कोठा छोडन्ै पर्ने भनेर दबाब दिनु भएको हो।’
खड्काकी साथी पनि घोराहीकै एक मेडिकलहलमा काम गर्छिन्। उनि भने मेडिकल हल बन्द भएपछि अहिले रोल्पास्थित घर गएकी छिन्।
यसैविच प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कोरोनाको सन्त्रासका बेलामा कोहि कसैले पनि डेरबाट निस्काशन गर्नु राम्रो नभएको भन्दै यसबिषयमा अनुसन्धान थालिने वताएका छन्। ‘यो पाच्य काम हैन, यस बिषयमा म बृुझ्छु’ प्रमुख जिल्ला अधिकारी रिजालले भने। नागरिक दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी महानिरीक्षकलाई सरुवा बढुवाको अधिकार दिने, तर प्रत्येक निर्णयमा प्रधानमन्त्री कार्यालयले छुट्टै ‘स्क्रिनिङ’ गर्दै जाने हो भने प्रहरी महानिरीक्षकको वास्तविक भूमिका के रहन्छ? अधिकार एउटा निकायलाई दिने तर त्यसको प्रयोगमा अर्को निकायले निरन्तर छानबिन र छनोट गर्ने पद्धतिले नेतृत्वको प्रभावकारिता मात्र होइन, संस्थागत उत्तरदायित्वमाथि समेत प्रश्न उठाउँछ। अहिलेका प्रहरी महानिरीक्षकले आफ्ना प्रहरी […]

त्रिशूली नदीले सडक कटान गरी भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा *धादिङ । त्रिशूली नदीले कटान गर्दा भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका-५ गलौदीस्थित पृथ्वी राजमार्गमा त्रिशूली नदीले सडक कटान गर्दा करिब ८० मिटर सडक चर्किएर २० मिटर भन्दा बढी भाग भासिएको थियो। शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्गमा दसैँ मनाउन […]

बूढीगण्डकी बाढीः मुग्लिनसम्म जोखिम बढेपछि बाटोमै रोकिए सवारीसाधन *मुग्लिन । गोरखाको चुमनुब्रीबाट आएको बूढीगण्डकीको लेदो सहितको भीषण बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएपछि मुग्लिनसम्म सवारीसाधन बाटोमै रोकिएका छन्। बाढी पूर्वानुमान महाशाखाका अनुसार बूढीगण्डकीमा आज बिहान ८:४५ बजेसम्म जलसतह ८.५ मिटर पुगेको थियो, त्यसपछि बाढीले आरुघाटस्थित मापन केन्द्र र पुल नै बगाएको छ। महाशाखाले जोखिमलाई तीन […]