२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

दाङ प्रहरीले नर्सलाई निकाल्ने घरबेटीलाई पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(सागर थापा)
कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै कोठा भाडामा बस्दै आएकी नर्सलाई निकाला गर्ने दाङ घोराहीका एक घरबेटीलाई मंगलबार जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । बुद्ध इन्टरनेशनलमा कार्यरत स्टाप नर्स श्रृजना खड्कालाई घरबाट निकाला गर्ने घरबेटी नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडासचिव समेत रहेका आचार्यले घरमा बस्ने स्टाप नर्स खड्कालाई घरबाट निकाला गरेको संचारमाध्यममा आएपछि नियन्त्रणमा ल्याएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ । पिडितले उजुरी दिएपछि मुद्धा प्रक्रिया अघि बढ्ने एसपी भट्टराईले जानकारी दिए ।
अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले आफूहरु असुरक्षित रहने भन्दै घरबेटी आचार्यले कोठा छोड्न दबाब दिएपछि १५ गते स्टाप नर्स खड्का होटेलको कोठामा बस्दै आएकी थिइन् !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!