०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

.सिसहनियाको एक किराना पसलमा आगलागी लाखौंको क्षति

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(बिदुर एमसी)
भालुवाङ,दाङ कोरोना भाइरसले जनजिवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८ः१५ बजेको समयमा आगलागी भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।
आगलागीबाट किराना पसलका सामान जलेर खरानी भएको छ भने पसल भित्र रहेको मोटरसाइकल र पसलमा रहेको नगद २ लाख रूपैयाँ समेत जलेर खरानी भएको प्रहरीले जानकारी दिएको छ । विधुत सट भएर आगलागी भएको प्रहरीले बताएको छ ।
आगोलाई स्थानीयबासी,प्रहरी र दमकलको सहायतामा ९ः३० बजे नियन्त्रणमा लिएका थिए । आगलागीबाट कति क्षेती भयो भन्ने विषयमा विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

काठमाडौं । जसरी मानिसका लागि मोटोपन समस्या हो, त्यसैगरी दुब्लोपन पनि । मोटो व्यक्तिलाई कसैले ‘कस्तो मोटाएको’ भन्दा कसरी घट्ने भन्ने जस्तो चिन्ता हुन्छ, दुब्लोलाई ‘ओहो कति दुब्लाएको ? खाना खाँदैनौं कि क्या हो’ भनिदिंदा उत्तिकै चिन्तित बनाउँछ । हिजोआज धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका छन् । कसैलाई शरीरको वजन बढाउने ध्याउन्न छ त […]

error: Content is protected !!