२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

.सिसहनियाको एक किराना पसलमा आगलागी लाखौंको क्षति

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(बिदुर एमसी)
भालुवाङ,दाङ कोरोना भाइरसले जनजिवन प्रभावित भइरहेका बेला दाङ देउखुरीको एक किराना पसलमा मंगलबार राती आगलागी भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा रहेको रमेश कार्कीको किराना पसलमा राती करिव ८ः१५ बजेको समयमा आगलागी भएको प्रहरी चौकी सिसहनियाँले जानकारी दिएको छ ।
आगलागीबाट किराना पसलका सामान जलेर खरानी भएको छ भने पसल भित्र रहेको मोटरसाइकल र पसलमा रहेको नगद २ लाख रूपैयाँ समेत जलेर खरानी भएको प्रहरीले जानकारी दिएको छ । विधुत सट भएर आगलागी भएको प्रहरीले बताएको छ ।
आगोलाई स्थानीयबासी,प्रहरी र दमकलको सहायतामा ९ः३० बजे नियन्त्रणमा लिएका थिए । आगलागीबाट कति क्षेती भयो भन्ने विषयमा विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!