२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मुस्लिम समुदायको चाड पर्वमा विदा कटौती प्रति संघको बिरोध : प्रेस विज्ञ्पती

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

कृष्णनगर, चैत्र, १९
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघ नेपाल को पुस्तकालयमा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी को अध्यक्षता मा मंगलवार का दिन बसेको बैठेकले अल्पसंख्यक मुस्लिम समुदाय को चाड पर्वमा विदा कटौती प्रति बिरोध गरेको छ।
नेपाल सरकार ले हाल मै राजपत्र मा गृहमंत्रालय को सुचनानुसार विक्रम संम्बत २०७७ बैशाख १गते देखि चैत्र मसान्त सम्मा देशभरी का विदा को सूचना प्रति विरोध गर्दै नेपालमा रहेका अन्य अल्पसंख्यक समुदायको चाड पर्व हरुमा सार्वजनिक विदा गर्ने र अल्पसंख्यक मुस्लिम समुदाय का चाड पर्व हरु मा सार्वजनिक विदा नगरि नेपाल सरकार ले अल्पसंख्यक मुस्लिम समुदाय प्रति सवतेला व्यवहार गरेको
संविधानमा पहिचानका प्रमुख क्लष्टरहरूमध्ये मुस्लिम पनि एउटा हाे नेपालमा मुस्लिमकाे राष्ट्रिय रूपमा एउटा पृथक पहिचान कायम भएकाे ।
५ नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताउदै भनेकि दशैं, दिपावली जस्तै ईद (ईदुल फित्र, ईदुल अज्हा र मोहम्मद डे स.अ) नेपालकै लाखाैं मुस्लिम समुदायले मनाउने चाड हाे ईद, बक्रईदहरू नेपालकाे राष्ट्रिय चाड किन नहुने गुनासो पोक्दै समूहिक प्रेस व्यक्ति समेत जारी गरेका छन। प्रेस विज्ञप्ति मा नेपाल सरकार द्वारा प्रकाशित राजपत्रमा गृह मन्त्रालयको सुचना अनुसार विक्रम सम्वत् २०७७ बैशाख १गतेदेखि चैत्र मसान्तसम्म देशभरिका बिदाको सूचनामा इस्लाम धर्मावलम्बीहरूको बिदालाई सार्वजनिक बिदामा समावेश नगरी सम्बन्धित धर्म संस्कृति भौगोलिक क्षेत्र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा खण्ड ६९ संख्या ५१ राजपत्र भाग ५ मा प्रकाशित भए अनुसार इस्लाम धर्म मान्ने मुस्लिम समुदायका अगुवाहरुद्वारा दु:ख व्यक्त गर्दै यसलाई तत्काल सच्याई सार्वजनिक विदामा समावेश गर्न माग गरिएको छ। इस्लाम धर्मावलम्बीहरूको ३ वटा विदा : क) ईद (इदुल फित्र), ख) बकर ईद(इदुल अजहा), ग) मोहम्मद डे(स.अ.) का दिन समेत सार्वजनिक विदा दिना सरकारसँग जोड्दार माग गर्दछौं।भन्ने कुरा उल्लेख गरेका छन। उक्त प्रेशर विज्ञ्पतीमा सेराज फारुकी संयोजक:-मुस्लिम संगठन नेपाल, (नेकपा केन्द्रीय सदस्य) किफायतुल्ला खान-केन्द्रीय समिती सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी, मिर्जा अरसद बेग- नेकपा ५नं प्रदेश समिती सदस्य, जावेद आलम अध्यक्ष कृष्णनगर नगर समिती नेकपा,नसरुल्लाह खां-अध्यक्ष:-अहले सुन्नत नाईमिया नेपाल, शैख जैस मक्की-उपाध्यक्ष:-राष्ट्रीय मदरसा संघ नेपाल, जाहिद आजाद-अध्यक्ष :-अन्जुमन ईरतेकाऐ उर्दु अदब, अब्दुल अजीम मदनी-अध्यक्ष:-तौहीद सेन्टर, नियाज अहमद, अनवार अहमद हासमी-सल्लाहकार:-राष्ट्रीय मदरसा संघ नेपाल, जामिया इस्लामिया नाइमिया कृष्णनगरका कार्यवाहक अध्यक्ष अब्दुल कलाम खां लगायत को हस्ताक्षर रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!