०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

भाडामा बसेकालाई छोड्न दबाब दिए कार्वाही हुने सिडियो:रिजाल

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले देशमा विपद्को बेला मानवीय सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्न दबाब दिए जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
दाङ सिडियो रिजालले एक विज्ञप्ति जारी गर्दै केही घरधनीले कोरोनाको कारण देखाउदै स्वास्थ्यकर्मीलाई घर छोड्न दबाब दिएको गुनासो आएको र कोठा छोड्न दबाब दिए कानुन अनुसार कार्वाही गर्ने सिडियो रिजालले बताए ।
मुलुक अहिले महामारीले आक्रान्त बनिरहेको अवस्थामा आफ्नो जिउ ज्यानको प्रवाह नगरी खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने कार्य गर्नुपर्नेमा केही घरधनीले बाहिरी जिल्लाबाट आएका विद्यार्थीलाई समेत घर छोड्न दबाब दिइरहेको भन्ने सुन्नमा आएको हुँदा त्यो व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको वक्तव्यमा उल्लेख छ साथै सबै दाङ बासीले यस्तो बिपत्तमा लक डाउनको बेला सबैजना घरमा बस्न अनुरोध गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!