२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भाडामा बसेकालाई छोड्न दबाब दिए कार्वाही हुने सिडियो:रिजाल

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले देशमा विपद्को बेला मानवीय सेवामा संलग्न स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्न दबाब दिए जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
दाङ सिडियो रिजालले एक विज्ञप्ति जारी गर्दै केही घरधनीले कोरोनाको कारण देखाउदै स्वास्थ्यकर्मीलाई घर छोड्न दबाब दिएको गुनासो आएको र कोठा छोड्न दबाब दिए कानुन अनुसार कार्वाही गर्ने सिडियो रिजालले बताए ।
मुलुक अहिले महामारीले आक्रान्त बनिरहेको अवस्थामा आफ्नो जिउ ज्यानको प्रवाह नगरी खटिने स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने कार्य गर्नुपर्नेमा केही घरधनीले बाहिरी जिल्लाबाट आएका विद्यार्थीलाई समेत घर छोड्न दबाब दिइरहेको भन्ने सुन्नमा आएको हुँदा त्यो व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको वक्तव्यमा उल्लेख छ साथै सबै दाङ बासीले यस्तो बिपत्तमा लक डाउनको बेला सबैजना घरमा बस्न अनुरोध गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!