०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

राष्ट्रीय मदरसा संघ नेपालको आग्रह पत्र जारी

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

कृष्णनगर,कपिलवस्तु चैत्र २०
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस लाई रोक्नको लागि सबै भन्दा पहिला समाजमा जनचेतना फैलाउनु पर्ने र भाइरस बाट आफू बचौ र अर्का लाई बचाउन निम्त जनतालाई सचेत गराउनमा कृष्णनगरमा रहेको राष्ट्रीय मदरसा संघ नेपालले निरन्तरताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आइ रहेको छ। त्यसै क्रममा बुद्धवार का दिन राष्ट्रिय मदरसा संघ नेपालले नेपाल सरकार ले कोरोना भाइरस बाट आफू बचौ र अर्का लाई बचाउनको लागि दिएको निर्देशको पालना गर्दै समाजिक दूरी कायम गरि आपातकालीन बैठक बसि नेपाली जनता र विदेश बाट आएर नेपाल भित्र रहेका विदेशी पाहुनाहरु लाई कोरोना भाइरस बाट आफू बच्न र अरु लाई बचाउन को निम्त सचेत गराउदै संघले एउटा अग्रह पत्र समेत जारि गरेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफीले बताएका छन।
कोरोना भाइरस ले गर्दा विश्वभरी मा नै संकटकाल घोषणा रहेको सबैमा अवगत नै रहेको छ। निरन्तर केही दिन देखि छिमेकी मित्र राष्ट्र भारत पनि कोरोना भाईरस बाट जूझी रहेको छ। भारत मा अहिले को अवस्था हेर्दा संक्रमित मान्छेको संख्या बढदै गई रहेको छ।अब नेपाल देश लाई उक्त घातक भाइरस बाट बचाउनका लागि नेपाल सरकारले दिएको निर्देशनको पालना गर्दै आ आफ्नो घरमा बसि नमाज,पबित्र पुस्तक कुरान पढौ र नेपाली जनता लाई बचाउनका लाई भगवान संग प्रार्थना गर्दै गरिब असहाय ज्यालादारी गरि आफ्नो जीवन यापन गर्दै आएका मजदूर वर्गहरु लाई भोकै बस्न न दिदै आ आफ्नो स्तर बाट सहयोग गरि उहाँ हरुको पेट भर्ने काममा लागौं र आफ्नो आफ्नो गाऊ टोल छर छिमेकीमा कोई व्यक्ति विदेश बाट आउदा सिमा नाका मा कोरोना भाइरस सम्बन्धि बिना चेक जाच गराई लुकी छिपी आएको छ भने तुरन्त नजिकाको प्रहरी कार्यलय वा स्वास्थ्य कार्यलयमा जानकारी गराई उक्त व्यक्ति लाई चेक जाच गराऊनको लागि सुझाव सल्लाह समेत दिएर सभ्य नागरिकको पहिचान दिने काम गरौ। विदेश बाट आएका मुस्लिम धर्म जमातका पहुना हरु मस्जिद मदरसाहरुमा रुकी भिडभाड गर्ने खाल को कार्यक्रम हरु न गरौ अहिले नेपाल सरकारले दिएको निर्देशनको पालना गरि देश लाइ घातक भाइरस बाट बचाउन सहयोग गरौं। जमात का मान्छे हरु आफ्नो देश फिर्ता जानको लागि नाजिक रहेको प्रहरी कार्यलय मा सम्पर्क गरि वहा बाट प्राप्त निर्देशन को पालना गरी देश लाई जोगाउन मा सहयोग गरि दिनको लागि समेत पत्रमा उल्लेखित रहेको छ। उक्त बैठकमा नेकपा निकट नेपाल मुस्लिम संगठन का अध्यक्ष र नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी, ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली, नेकपा कृष्णनगर नगरपालिका समिती प्रमुख जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मोहम्मद मक्सूद रांकी मुस्लिम संगठन नेपाल को उपस्थिती रहेकाे थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]