१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

लकडाउन अबधिभर भालुवाङमा घरभाडा नलिने बिष्टको घोषणा

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

(बिदुर एमसी) दाङ भालुवाङ्ग पुल्चोकस्थित प्युठान राेड निवासी शाेब बहादुर बिष्टले अाफ्नाे घर भाडामा बसेका पसलहरुलाई घरभाडा नलिने घाेषणा गरेका छन् । काेभिड 19, काेराेना भाइरसबाट विश्व आक्रान्त भएको बेला नेपाल सरकारले आफ्ना नागरिकहरुलाई सम्पूर्ण व्यापार व्यवशाय, उद्योग धन्दा , कल कारखाना बन्द गरेर घर भित्र बस्न आव्हान गरेपछि यतिखेर देश लक डाउन छ । लक डाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घरमा भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा अब कसरी तिर्नेहोला भनेर दातबाट पसिना छुटेको छ । लक डाउनलाई पूर्ण रूपमा पालना गर्दा विशेषगरी अरुकाे घरमा भाडामा बस्ने नागरिकहरुलाई अब मासिक रूपमा बुझाउदै आएको घरभाडा स्वरूपको पैसा अब कसरी तिर्नेहोला भनेर दातबाट पसिना छुटेको छ । यसैबीच नेपाल सरकारले सम्पूर्ण घरधनी नागरिकहरुलाई आफूले मासिक रूपमा लिदै आएको घरभाडा नलिनका लागि अाव्हान गरेको छ । सरकारले गरेको उक्त घाेषणालाई शिरोपर गरेर घरधनी बिष्टले त्यसरी घरभाडा नलिने कुरा बताएका छन् । बिगत ५/६ महिनादेखि भारत उत्तर प्रदेश बलरामपुरका महेश गुप्ताले बिष्टको घरमा सटर मासिक ५ हजारका दरले भाडामा लिएर तरकारी पसल गर्दै आएका छन् । सरकारले लक डाउनकाे अवधि अरुपनि थप गरेको खण्डमा सम्पूर्ण लक डाउन अवधिभरकाे घरभाडा नलिने पनि बिष्टले जानकारी गराएका छन् । सो कुरा बोल्दैगर्दा देशका अन्य भूभागमा रहेका घरधनीहरुलाई यसैगरी आआफ्नो घरको भाडा नलिएर सरकारलाई सहयोग गर्नपनी सुझाएका छन् ।दाङको पूर्वी देउखुरीमा अवस्थित भालुवाङ्ग पुल्चोक बजार पूर्वपश्चिम लगायत धेरै पहाडी जिल्लाहरुकाे केन्द्रबिन्दु जस्तै व्यस्त रहने चाेक परेको ठाउँ हाे । हामीले थाहा पाएसम्म स्वेच्छाले आफ्नो घरको भाडा नलिने घाेषणा गरेका उनी नै पहिलो घरधनी नागरिक हुन् । यस्ता समाजसेवी व्यक्ति समाज र देशका लागि अमूल्य गहना हुनसक्छन् । राज्यले यस्ता व्यक्तित्वको उचित सम्मान गर्न सक्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

error: Content is protected !!