२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लकडाउन प्रहरीको लागि होइन तपाईहरुको सुरक्षाको लागि हो निरीक्षक: रिमाल

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

(सागर थापा)
कोरोना भाईरसबाट बच्न हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस वडा प्रहरी कार्यालय घोराहीले सन्देश मूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ ।
सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ ।प्रत्येक सडकचोक बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन थालिएको छ । अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ ।
सरकारले कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि हामी प्रहरी तपाईंको सुरक्षार्थ बाहिर छौँ तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस सन्देश बनाई सतर्कता अपनाउन वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले बताए।
सर्वसाधारण अनावश्यक रूपमा बाहिर निस्किँदा प्रहरी कर्मचारी पनि प्रभावित हुन सक्छन् भन्दै उहाँले थप्नुभयो नागरिकको सुरक्षाका लागि प्रहरी सडकमा खटेको छ । अफ्ठ्यारो पर्दा प्रहरी सहयोग गर्न घरघरमै आइपुग्छ । तयारी अवस्थामा राखिएको छ ।’’
सर्वसाधारण नागरिकमा समस्या देखिने वित्तिकै आवश्यक सुविधाका लागि वडा प्रहरी घोराहीले वडा नम्बर १४ र १५ दाङ उद्योग बाणिज्य संघको सहयोगमा घर घरमा खाद्यान्नका नियमित समानहरु लगाएत अस्पतालहरुको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको वडा प्रहरी निरीक्षक रिमालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]