२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लकडाउन प्रहरीको लागि होइन तपाईहरुको सुरक्षाको लागि हो निरीक्षक: रिमाल

Logo
प्रकाशित बिहिबार, चैत्र २०, २०७६

(सागर थापा)
कोरोना भाईरसबाट बच्न हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस वडा प्रहरी कार्यालय घोराहीले सन्देश मूलक नारासहित कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणविरुद्ध अभियान सञ्चालन थालेको छ ।
सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ ।प्रत्येक सडकचोक बस्ती तथा टोलमा ‘माइकिङ’ गरी सरसफाइ र कोरोनाको लक्षणका सम्बन्धमा सचेतना फैलाउन थालिएको छ । अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ ।
सरकारले कोरोना सङ्क्रमण रोक्न गरेको निर्णय कार्यान्वयन गर्न सर्वसाधारणको सुरक्षाका लागि हामी प्रहरी तपाईंको सुरक्षार्थ बाहिर छौँ तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस सन्देश बनाई सतर्कता अपनाउन वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालले बताए।
सर्वसाधारण अनावश्यक रूपमा बाहिर निस्किँदा प्रहरी कर्मचारी पनि प्रभावित हुन सक्छन् भन्दै उहाँले थप्नुभयो नागरिकको सुरक्षाका लागि प्रहरी सडकमा खटेको छ । अफ्ठ्यारो पर्दा प्रहरी सहयोग गर्न घरघरमै आइपुग्छ । तयारी अवस्थामा राखिएको छ ।’’
सर्वसाधारण नागरिकमा समस्या देखिने वित्तिकै आवश्यक सुविधाका लागि वडा प्रहरी घोराहीले वडा नम्बर १४ र १५ दाङ उद्योग बाणिज्य संघको सहयोगमा घर घरमा खाद्यान्नका नियमित समानहरु लगाएत अस्पतालहरुको एम्बुलेन्स र प्रहरी भ्यान प्रयोग गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । बिरामीको सुविधाका लागि डोर टु डोर सेवा गरिएको वडा प्रहरी निरीक्षक रिमालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!