२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

महिला सामुदायिक बित्तीय संस्थाद्धारा राहत वितरण

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

(देविराम कुसारी)
दाङ, चैत्र २२ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड दाङले महामारिको रुपमा फैलिएको कोरोनाका कहर व्यवस्थापन गर्न विपन्न परिवारलाई राहात वितरण कार्य थालेको छ ।
बिश्वब्यापी रुपमा फैलियको कोरोना भाइरसलका कारण नेपालमा लागु भएको लक डाउनमा विपन्न परिवारको दैनिकी सहज वनाउने उदेश्यका साथ संस्थाले राहात वितरण सुरु गरेको हो । संस्थाका आर्थिक व्यवस्थापन संयोजक एंव प्रमुख कार्यकारी निर्देशक विमला यागीको अध्यक्षतामा सम्पन्न भएको वैठकले गरेको निर्णय अनुसार संस्थाले विभिन्न स्थानमा विभिन्न चरणमा राहात वितरण गर्ने संस्थाका वरिष्ठ प्रवन्धक लोमणी रेग्मीले जानकारी दिनुभएको छ ।
वरिष्ट प्रवन्धक रेग्मीका अनुसार संस्थाले दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लामा राहात वितण गर्ने भएको छ । राहात वितरणसंगै सञ्चार माध्यमको अधिक्तम सदुपयोग गर्दे संस्थाले सामुदायिक सचेतना प्रदान, सामाजिक सदभाब तथा कोरोना भाइरसका कारण भएको लकडाउन वाट समस्यामा परेका दैनिक ज्याला मजुदुरी गरि खानलाई मानसिक रुपमा वलियो वनाउने कार्य भैरहेको आर्थिक व्यवस्थापन संयोजक योगीले जानकारी दिनुभएको छ ।
यसैक्रममा संस्थाले स्वर्गद्धारी नगर पालिका प्यूठानको बिपन ब्यवस्थापन कोषमा ५० हजार नगत आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागतका बरिष्ठ अधिकृत मघुसुदन थापाले सो रकम कोषमा जम्मा गनुभएको हो । त्यसैगरी संस्थाका बरिष्ठ अकिृत थापाद्धारानै प्यूठान नगर पालिका प्यूठानमा ३७ हजार वरावर एक हजार पीस अर्गानीक साबुन सहयोग प्रदान गरिएको छ । संस्थाले प्युठानकै नौबहिनी गाउपालिका ४२ हजार वरावरको दुई सय लिटर खाने तेल र चार सय पोका नुन संस्थाका अधिकृत अनिल के.सी.द्धारा प्रदान गरिको छ । यता दाङको घोराही उप–महानगरपालिका दाङमा करिव ६० हजार वरावरको दुई हजार एक सय ६० पिस हात धुने साबुन प्रदान गरिएको छ । साथै ऐरावती गाउँपालिका तथा झिमरुक गाउँपालिका प्याठानमा ७५ हजार वरावरको माक्स सहयोग प्रदान गरिएको छ । उक्त माक्स बित्तीय संस्थाका संचालक समिति सदस्य शुष्मा गौतमद्धारा प्रदान गरीएको थियो । यसै गरि अन्य स्थानिय निकायसगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक योगीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!