२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रुपन्देहीमा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

बुटवल पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । बुटवलबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु १ च ७४९७ नम्बरको एम्बुलेन्स रुपन्देहीको सैनामैना वडा न ९ संगमटोलमा दुर्घटना हुदाँ ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिए ।
घाइते हुनेमा कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका वडा न ३ बस्ने वर्ष २२ का तारिक शाह, दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका वडा न १५ बस्ने वर्ष ३० का अमर थापा, सोही ठाउँ बस्ने २९ वर्षीय डिल्लीराज राउत घाइते भएका हुन् । उनीहरुको सैनामैना नै उपचार भइरेहको प्रहरीले जनाएको छ । चालकसहित एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष – अध्ययन–अध्यापनमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्नेछ। धन लाभको योग छ तर खर्च पनि बढ्न सक्छ, संयमित रहनुहोस्। वृष – व्यापारमा लाभदायक समय। मनमा नयाँ योजनाको सोच आउनेछ। वैवाहिक जीवनमा रमाइलो समय बित्नेछ। स्वास्थ्यमा सानो उतारचढाव हुन सक्छ। मिथुन – कार्यक्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोग पाइनेछ। यात्रामा समय बित्न सक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। […]

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

error: Content is protected !!