२४ मंसिर २०८२, बुधबार
10-12-2025 , Wed
×

महिला सामुदायिक बित्तीय संस्थाद्धारा बिपत ब्यवस्थापनलाई खाद्यान्न प्रदान

Logo
प्रकाशित सोमबार, चैत्र २४, २०७६

(देविराम कुसारी)
दाङ, चैत्र २४ । कोरोनाका कारण सर्वसाधारणले भोग्नु परेको समस्या न्युनिकरण गर्ने उदेश्यका साथ महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेडले सहयोग गर्ने क्रम जारी राखेको छ ।
दाङको घोराहीमा केन्द्रिय कार्यालय रहेको वित्तिय संस्थाले सहयोगकै क्रममा राजपुर गाउँपालिकालाई खद्यान्न सहयोग गरेको छ । गाउँ पालिकाका अध्यक्ष लोकराज केसीसंगको समन्वयमा एक द्धार प्रणाली अपनाएर १० क्वीन्टल चामल गाउँपालिकाको विपद व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको वित्तिय संस्थाका प्रमुख कार्यकारी निर्देशक विमला योगीले जानकारी दिनुभएको छ । सरकारको राहात नीति र कार्यक्रमलाई सहयोग गर्न स्थानिय तहसंग समन्वय गरेर राहात वितरण गर्दे आएको र राजपुर गाउँपालिका संग पनि समन्वय गरेर चामल वितरण गरेको संस्थाका वरिष्ठ प्रवन्धक लोकराज रेग्मीले जानकारी दिनुभएको छ । संस्थाले ४७ हजार वरावरको चामल संस्थाका शाखा अधिकृत दिनेश चौधरीले गाउँ पालिकाका उपाध्यक्ष धनपति यादवलाई अस्तान्तरण गर्नुभएको हो ।
संस्थाले बिश्वब्यापी रुपमा फैलियको कोरोना भाइरसका कारण लक डाउन भैरहेको अवस्थामा दाङ, सल्यान, प्यूठान, रोल्पा, कपिलबस्तु र रुपन्देही जिल्लाहरुमा लगातार रुपमा सहयोग प्रदान गर्दे आइरहेको छ । संस्थाले यस अधि प्यूठानको स्वर्गद्धारी नगर पालिका बिपन ब्यवस्थापन कोषमा नगत ५० हजार, प्यूठान नगर पालिका प्यूठानमा ३७ हजारको साबुन, नौबहिनी गाउपालिकालाई ४२ हजारको खाद्यान्न सामाग्री, ऐरावती गाउँपालिका र झिमरुक गाउँपालिकालाई ७५ हजारको माक्स, दाङको घोराही उप–महानगरपालिकालाई ५९ हजार दुई सय पचासको सावुन सहयोग प्रदान गरिसकेको छ । दाङको राजपुर गाँउपालिकामा गरेको यो सहयोगसंगै महिला सामुदायिक लघु वित्ति वित्तय संस्थाले तनि लाख १० हजार दुई सय ५० रुपैयाको राहात सहयोग प्रदान गरेको छ ।
संस्थाले गर्ने सहयोगको क्रम अझै जारी रहने र अन्य स्थानिय निकायसगँ समन्वय गरि आर्थिक तथा अन्य सहयोग गर्ने संस्थागत लक्ष्य रहेको संस्थाका प्रमुख कार्यकारी निर्देशक बिमला योगीद्धारा जानकारी प्रदान गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । भारतीय प्रहरी सादा पोसाकमा नेपाल भित्रिएर वीरगञ्ज–१३ राधेमाई टोलबाट ४० वर्षीय मेघराज साहलाई राति अपहरण शैलीमा नियन्त्रणमा लिएर भारततर्फ लगेका छन्। सार्को भनाइ अनुसार भारतीय नम्बर प्लेटको गाडीमा आएका तीनजनाले आफूलाई ‘भारतीय प्रहरी’ भन्दै साहलाई जबरजस्ती लगेको परिवारले बताएको छ। नेपाल प्रहरीले घटनाबारे कुनै जानकारी नआएको र भारतीय पक्षले समन्वय नगरेको जनाएको छ। […]

  दार्चुला । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ९ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । कालापानी–चीनको सीमा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि सोमबार साँझ बाजुराको मार्तडी केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ तथा मातहत पोष्टहरुबाट बिभिन्न स्थानमा खटि गई बिद्यार्थी, चालक तथा सह-चालक र सर्वसाधारणहरुलाई भेला जम्मा गरि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

error: Content is protected !!